२४ फागुन, काठमाडौं । एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताका छनौट खेल नेपालमा हुने भएको छ ।
बैशाख २४ गतेदेखि २८ गतेसम्म हुने एएफसी प्रेसिडेन्ट कप २०१३ का छनौट चरणका खेलहरु आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएको अखिल नेपाल फुटबल महासंघ एन्फाले विहीबार जनाएको छ ।
यो छनौटमा नेपालको सहिद स्मारक ए डिभिजन सुपर लिगको विजेता टोलीले भाग लिने छ ।सुपर लिग शुक्रवारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
एशियाली फुटबल महासंघको कार्यक्रम अनुसार हुने यो प्रतियोगितामा सहभागि हुने अरु टिमको भने टुंगो लागेको छैन ।
No comments:
Post a Comment