जिन्दगीले जतीनै पिडा दियपनी सहनै पर्दो रहेछ । मायालुका याद हरुले यो मुटु ढडकाउदा पनि आखा बाट आशु निकाल्नु बाहेक के नै पो गर्न सकिदो रहेछ र । कती सस्ता छन है यि मेरा आशु जस्को मुल्य खोलामा बग्ने पानी जती पनि छैन । आशु नै आशु पिएर बाचिरहेको यो अन्धकार शहर मा फेरी एउटा जिबन जिउने आशा बोकेर बिगत लाई भुल्दै अनि बर्तमान लाई अङगाल्दै जिउने आसा लिएर फेरी पनि यि अन्धकार शहर मा आफ्ना पाइला चाहारिरहेको थिए । तेही अनुरुप कलेज भर्ना भएर फेरी पनि आफ्नो पढाइ सुचारु गर्ने निधो गरे अब भने फेरी पनि मेरा दिन हरु बसन्त रितु को हरियाली झै हुन थाले । बिगत लाई भुलेर बर्तमन लाई नै अङाल्ने मेरो सपना पुरा हुँदै गैरहेको थियो साथि भाइ सगको हेल मेल अनि हासो मजक ले कहिले काही फेरी पनि मलाई पुराना दिन हरुको झझल्को दिने गर्दथ्यो । अनि खै थाहानै नपाई इ निर्दोस आखा हरु बाट आशुका तप्का हरु झर्न थाल्थे । साथी हरुको हेल मेल बाट पुराना दिन हरु को झझल्को दिने भएको हुनाले म आजभोलि अलि कमै मात्रा मा साथी हरु सग घुल्मिल हुन्थे ।
म अचेल एकोहोरो बनिसकेको थिए । यसरी नै कलेज का दिन हरु बित्न थाले लग्भाग २ महिना जती भयो को थियो कलेज सुचारु भएको पहिलो घन्टी भएको ले साथी हरु को आवत जावोत भैरहेको थियो । अनि कक्षामा अलि हल्ला पनि भैरहेको थियो । म नोट सारेर बसिरहेको थिए हिजो काम मा अलि छिटो जानु पर्ने भएको हुनाले मैले अन्तिम घन्टी छोडेको थिए त्यसैको म नोट सारिरहेको थिए म एक नासले नोट सारेर बसिरहेको थिए एक्कासी मेरो काम मा एउटा सुरिलो सोर ले ठकाकर दिन पुग्यो । मेरा आखा अगाडिको ढोका मा गएर अडडिए । त्यो मिर्ग नैनि आखा अनि कोइली को जस्तो सुरिलो स्वर अनि त्यो मुस्कान सहित मैले त्यहाँ पृतिको आकृती देखन थाले म त हेरेको हेरै भएछु । उनि सरासर मेरो बेन्च मा आएर म यहाँ बस्न सक्छु भन्दा पो म बल्ल होस मा आए अनि मौन सहमती दिएर उन्लाई बस्ने ठाउ दिए ।
आज फेरी पनि मेरा आखामा ताल हरु बनिरहे फेरी आज पृती को याद ले मलाई झक्झकाउन थाल्यो केहि छिन को हेराई पछी उनले मित्रताको हात अगाडी बढाइन । कल्पना उन्को नाम रहेछ । म अलि अड मानेर बोलेको महसुस गरेर होला उनि पनि पढाइमा नै ध्यान दिना लागिन । उनको त्यो लगाई अनि बोलाई बात नै प्रस्ट हुन्थियो कि उनि कुनै ठुलै खान्दान बाट आएकी हुन् भनेर । मेरो एउटा मन ले यस्तै अड्कल काटिरहेको थियो भने अर्को मन ले फेरी प्रश्न गर्दै थियो यदि कुनै खlन्दानी परिवार बाट आएकी भए कुनै प्राइभेट कलेज मै पढथियिइ नि को आउछ र यो सरकारी कलेज मा जहाँ पढाइ भन्दा राजनीति बढी हुने गर्छ । यस्तै सोच्दा सोच्दै आजको पढाई पनि सकियो म सरासर आफ्नो डेरा तिरा लागे । दिन हरु बितिरहेका थिए कल्पना दिनानु दिन म सग नजिक हुने प्रयत्न गरिरहन्थिन म भने उनिबाट टाढा नै भाग्ने गर्थे मेयो मन पृती ले ओगटी सकेकी थिइन म त्यहाँ बाट पृती लाई हटाउन चाहनथे। यो भाग दौड मा नै जिन्दगी चलिरहेको थियो एक दिन काले ले मलाई घर मा बोलायो काले अहिले मेरो कलेज को मिल्ने साथी थियो । मैले काम सकाएर बेलुका उस्को जक्सन मा भेट्ने बाचा गरे तेही अनुसार म बेलुकी उसले दिएको ठेगना मा पुगे ओहो ! त्यहाँ त सबै थिय गोपाल काले दले बिरे कृष्णे । प्राय मेरो कलेज मा भएका सबै केटा हरु तेही नै थिए । कालेको जन्मदिन भएकोले आज पार्टी दिने भएको रहेछ । एकैचिन पछी कल्पना कबिता रिना मिना पनि त्यहाँ आइपुगे सबै साथिहरुको माझ केक काटेर कालेको जन्मदिन धुम्धाम ले मनाइयो । कालेको करमा एक प्यग बाट पिउन थालेको मैले खै कतिखेर २ बोतल रित्यासकेछु पत्तै भएन । म नशमा लठठ भएको रहेछु त्यो देखेर कल्पना मेरै सामिप्यमा आएर मलाई नै समातिएर बसिरहेकी रहिछिन । कल्पना मलाई उनको सामिप्यमा नै राखन चाहन्थिन उनले एउटा साथी प्रती को उत्तरदायित्यो सम्झिएर मलाई साथ दिइन अथवा अरु कुनै ?
जन्मदिन को पार्टी पनि सकियो मलाई घर पुर्एइदिन्छु भन्दै कल्पना मलाई सम्झाउदै थिइन म भने त्यहाँ बाट जानै मानिरहेको थिइन त्यहाँका भित्ता भित्ता मा मैले पृती लाई पाइसकेको थिए । साथिहरुले सम्झाएपछी उनि त्यहाँ बाट गयइन । हामी भने अझै रक्सी को मात मा मातीने बिचार गर्यौ । सबै साथी भाइ हरु रक्सी को मात मा थियौ गोफ्ले ले गर्जदै भन्यो काले अब काम को पनि कुरा गर्नु पर्यो । काले के मुन्टो हल्लाउदै मौन सहमती दियो । अब भने उनिहरु खुलेर नै कुरा हरु गर्न थाले ।उनिहरु को एउटा समुह रहेछ हुन त यो बत्ती नै बत्ती को अन्धकार शहर मा गल्ली गल्ली मा यस्ता समुह हुनु कुनै नौलो कुरा थिएन म भने यस्तो गुन्डा गर्द्दी बाट टाढा नै थिए त्यसैले उनिहरुको कुरो चाख लिएर सुने । गोफ्ले भन्दै थियो हेर केटा हरु हो म अलि तिमीहरु भन्दा सिनियर मान्छे मैले एउटा प्लान बनाएको छु सबैले फल्लो गर्नुपर्छ । सबैले टाउको हल्लौदै मौन सहमती दिए अनि उसले प्लान बाताउन थाल्यो कुनै पनि अप्ठेरो पर्दा हामी कोड भाषामा कुरा गर्नु पर्छ । हाम्रो कोड भाषा हरु यस्ता छन
१. कसैलाई केहि समस्या पर्यो भने सबै साथी हरु को जरुरी पर्यो भने नाम ले हैन रोल नमबर १ भन्ने
२.खुडा तरबार चक्कु जस्ता सामन को लागी रुल नमबर २
३.कसैले हामी माथी सनक गरेको छ भने रुल नमबर ३
४.कुनै कारण बस सुराकी या पुलिस हरु आयो भने भाग्न को लागी रुल नमबर ४ ।
काम सकिएको जानकारी दिन रुल नमबर ५
सबै केटा हरुले यो याद गर्नु भन्दै गोफ्ले ले त्यो रुल को बारेमा बतायो । अनि सबै साथिहरु त्यो रुल घोक्न थाले । खै घोक्दा घोक्दै कतिखेर निदाइयो पत्तो नै भएन । बिहानी पख को सिरेटो हावा सगै मेरो निन्द्रा खुल्यो ओहो ! टाउको नै कस्तो भारी भएछ मलाई रन्न रिङ्गग्गटा चलेर आयो उठन नै सकिन .....................................................................................................
राज अपरिचित जिबन
facebook.com/aparichitjeewan






No comments:
Post a Comment