रबिन्द्र फुयाल— दुबई, यूएई
१५ मार्च २०१३ नेपाली समाज, यूएई तदर्थ समितीको आह्वानमा यही आगामी २९ मार्च २०१३ का दिन सँस्थाको बिधान पासगरी नयाँ कार्य समिति चयनगर्न का लागि साधारण भेला हुने भएकोछ ।
समितिका सँयोजक राजु गुरुङ्गले दिएको जानकारी अनुसार नेपाली समाज, यूएईलाई आगामी दिनमा चुस्त, पारदर्शि, बिवाद्रहीत र साझा सँँस्थाकोरुपमा अगाडी बढाउन यूएईमा रहेका हरेक सँघ सँस्थाहरुलाई मान्य हुनेगरी नेपाली समाजको बिधान तयार पार्न तिन सदस्सीय बिधान शँसोधन समिती निर्माण भए अनुसार बिधान तयार भैसकेको र उक्त बिधान अनुसार कामगर्न सर्बप्रथम समाजको बिधान पासगनुपर्ने भएकोले नेपाली समाज, यूएईका सँस्थापक सदस्य, आजिवन सदस्य र यूएईमा रहेका बिभिन्न सँघ सँस्थाहरुलाई उपस्थितिका लागि निमन्त्रणागरी साधारण भेलाको आयोजना गरिएकोछ ।
उक्त भेलाले समाजको शँसोघित बिधानलाई अध्ययनगरी पास गर्ने र सोही बिधानले निर्देश गरेअनुसार समाजको बिवाद रहित किसिमबाट नयाँ कार्य समिती चयनगरी सँस्थाका सम्पुर्ण काम कारबाही अगाडी बड्ने बिस्वास तदर्थ समितिले लिएकोछ ।
साथै समितिले सबै सँघ सँस्थाहरुलाई निमन्त्रणा पठाइरहेकोले यदी कसैले प्राप्त नगरेकोभए यसै समाचारलाई सूचनामानि उपस्थितीकालागि नेपाली समाज, यएईका सँस्थपकहरु, आजिबन सदस्यहरु, बिभिन्न सँघ सँस्थाका प्रमुखहरुलाई र समाजसँग सम्बन्धित सबैलाई अनुरोध गरेकोछ । साथै कार्यक्रम हुने स्थान एभरेष्ट ईन्टरनेशनल होटल बरदुबई मिति २९ मार्च २०१३ समय दिनको ठिक २ः०० बजे देखि बिस्तृत जानकारीकालागि सँयोजक, राजु गरुङ्ग ०५५, ४५४२५१० मा सम्पर्क गर्न आग्रह गरेकोछ ।
स्मरणरहोस यस अगाडी कृष्ण बहादुर ढकाल अध्यक्ष रहेको कार्य समिती बिवादित् भई नेपाली समाज यूएईका पार्षद सदस्य तथा बिभिन्न सँघसँस्था प्रमुखहरुको उपस्थितीमा पार्षद भेलाद्वारा समाजलाई गतिदिन तदर्थ समिती चयन भएकोथियो ।
No comments:
Post a Comment