Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 16, 2013

गुल्मी सेवा समाज, यूएईको बैठक तथा समिति बिस्तारहुने


खेमराज खनाल
शारजाह, यूएई १६ मार्च २०१३ गुल्मी सेवा समाज, यूएईको बैठक आगामी २२ मार्च २०१३ का दिन यूएईको बरदुबईमा बस्ने भएकोछ । समाजका अध्यक्ष शंकर ज्ञवालीले दिएको जानकारी अनुसार समाजको नियमित बैठक आउदो शुक्रबारका दिउसो १ बजे देखि बस्ने भएकोछ । साथै सोही दिन बेलुका ४ बजे देखि शारजाह क्षेत्रिय समितिको बैठक तथा समिति बिस्तार गर्ने भएकोछ ।
गुल्मेलिहरुको साझा सँस्था गुल्मी सेवा समाज, यूएईले आफ्नो स्थापनाकाल देखि नै बिभिन्न उद्धारका काम तथा आफ्नो क्षेत्रिय समिति बिस्तार र बिभिन्न सामाजिक एवं मनोरंजनात्मक कामहरु गर्दै आएकोछ । 
यूएईमा रहका सम्पुर्ण गुल्मेलीहरुलाई समाजमा आवद्धगराई सँस्थालाई बलियो तथा सक्रिय रुपमा अगाडी बढाउदै नेपाल र नेपालीको हित एवं बिकाशमा पहलगर्ने, आपत बिपत्मा परेका पिडीतलाई सक्दो सहयोग पुरयाउदै भैपरी आउने आपत्कालिन अबस्थामा सहयोग पुर्याई देशको हरेक क्षेत्रमा टेवा पुर्याउने लक्ष्य लिएकोछ ।
यस सँस्थाले यूएईमा रहेका बिभिन्न सँघ सँस्थाहरु सँग समन्वय तथा सहकार्यगर्ने नेपालको कला सँस्कृतिको बिकाश एवं बिस्तारगर्ने र बिदेशि मुलकमा नेपाल र नेपालीको पहिचान बढाउन पहल गर्ने जस्ता उद्धेश्यहरु बोकेको समाजका सल्लहकार लक्ष्मण भण्डारीले जानकारी गराएकाछन् । थप जानकारीकालागि शंकर ज्ञवाली ०५०,२०१३०३५ लक्ष्मण भण्डारी ०५५,३८३९६१६ मा सम्पर्कगर्न आग्रह गरेकाछन् ।
साथै समाजले शारजाह, आजमान क्षेत्रमा रहेका गुल्मेली दाजुभाई तथा दिदी बहिनीहरुले शारजाह क्षेत्रिय समितीका अध्यक्ष ओमप्रकाश भण्डारी ०५०,१७०९३५५ लाई सम्पर्कगरी आगामी शुक्रबार २२ मार्च २०१३ का दिन शारजाहको मजास पार्कमा बेलुका ३ बजे देखि उपस्थितहुन अनुरोध गरेकोछ ।


No comments: