Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 15, 2013

अटो पत्रकारद्वारा सडक सुरक्षा कार्यक्रमको घोषणा



काठमाडौं । नेपाल अटो पत्रकार संघले तीन महिने सडक सुरक्षा कार्यक्रमको घोषणा गरेको छ । संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रमबीच भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला र महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक उपेन्द्र कान्त अर्यालले सो कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गर्नुभयो । 
संघले आफूलाई अबको तिन महिना सडक सुरक्षामा मात्रै केन्द्रीत गर्ने गरी विभिन्न कार्यक्रम ल्याएको छ । जसमा ट्राफिक जनचेताको विस्तार, सरोकारवाला निकायहरुसंगको छलफल तथा विभिन्न क्षेत्रका पत्रकारहसंगको अन्तरक्रियासम्मको कार्यक्रम राखिएको छ  । संघले सुरु गरेको कार्यक्रमको औपचारि उद्घाटन गर्नुहुँदै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले सरकारले सडक सुरक्षा सम्बन्धि १० वर्षे कार्यक्रम तत्काल कार्यान्वनमा लैजाने बताउनुभयो । सिटौलाले सरकारले सडक सुरक्षाका लागि १० वर्षे कार्ययोजना लागू गरेर अघि बढ्ने बताउनुभएको हो । 
सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले विशेष ध्यान दिने सचिव सिटौलाको भनाइ थियो । उहाँले आफ्नो सुरक्षा प्रति सडक र सवारी प्रयोगकर्ता सचेत बन्नुपर्नेमा जोड  समेत दिनुभयो । कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक उपेन्द्र कान्त अर्यालले ९० प्रतिशत सडक दुर्घटना मानवीय कारणले हुने गरेको भन्दै त्यसतर्फ सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल अटोमोवाइ डिलर्स एसोसियसन (नाडा)का महमसचिव दीपक थापाले नाडाले लामो समयदेखि सडक सुरक्षाको काम गर्दै आएको भन्दै यस क्षेत्रमा काम गर्ने सबैसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । यस्तै नाडाका कोषध्यक्ष कृष्ण दुलालले सडक सुरक्षामा सबै सरोकारवालाले ध्यान दिए दुर्घटना कम सकिने भन्दै यस तर्फ सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 
संघले गर्ने तीन महिने कार्यक्रम आजैबाट सुरु भएको र देशका विभिन्न स्थानमा यो कार्यक्रम विस्तार गर्दै जाने संघका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिनुभयो । उहाँले सडकको समस्या सडकबाटै समाधान खोज्न जोड दिनुभयो । संघले सडक सुरक्षा बारे सरोकारवाला निकायसँग अन्र्तक्रिया गर्ने, हर्न निषेधित क्षेत्र बनाउन पहल गर्ने, ट्राफिक नियाबारे प्राथमिक तहका विद्यार्थीलाई जानकारी दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल अटो पत्रकार संघको दुईवर्षे नयाँ कार्यसमितिमा पुन उज्जवलजंग शाह निर्विरोध निर्वाचित हुनुभएको छ । संघले बुधबार राजधानीमा आयोजना गरेको साधारण सभा समापन समारोहमा नव निर्वाचित कार्यसमितिको घोषणा गरिएको हो । साधारण सभाले संघको उपाध्यक्ष पदमा शिवहरि खतिवडालाई निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी महासचिवमा केदार दाहाल,सचिवमा सुफल काफ्ले र कोषाध्यक्षमा पाण्डवप्रसाद शर्मा चयन हुनुभएको छ । ंसंघको अन्य सदस्यहरुमा भक्तबहादुर पौडेल,सागर गजुरेल,उपहारजंग शाह,चारु श्रेष्ठ,कमल अर्याल र हरिशरण न्यौपाने चयन हुनुभएको छ । साधारण सभा समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष शाहले संघले सडक सुरक्षा र यो क्षेत्रमा देखिएको समस्या समाधानको लागि सक्रियताका साथ काम गर्ने बताउनुभयो । पत्रकारहरु सडक क्षेत्रको  समाचार संकलन गर्न तालिम गोष्ठीको आयोजना गर्दै जाने समेत प्रतिबद्धता शाहले व्यक्त गर्नुभयो । साधारण सभा समापन समारोहको अवसरमा संघले नेपालमा सडक सुरक्षाको विषयमा विशेष कार्यक्रम समेत सम्पन्न गरेको थियो । 

No comments: