आज चैत्र १ गतेका दिन अखिल नेपाल ट्रेड युनियन महासंघ उपत्यका कमाण्डको वैठक वस्यो ।सो वैठकले उपत्यकाभित्रका सम्पुर्ण पेसागत संगठनहरुको क्रियाशिलता तथा संगठनात्मक गतिविधिहरु र आगामी कार्यक्रमहरुको वारेमा सवै पेसागत संगठनहरुले रिपोर्टिङ्ग प्रस्तुत गरेका थिए । यसरी संगठनात्मक प्रस्तुत गर्नेहरुमा होटल तथा क्यासिनो मजदुर संगठनको तर्फवाट कुमार पन्त, औद्योगिकवाट भुम रेग्मी, सेक्युरिटीवाट घनश्याम ठकुरी, यातायातवाट सोम तामाङ्ग, निर्माणवाट रुपक गुरुङ्ग, संचार तथा छापाखानावाट रमेश के.सी, संघसंस्थावाट राजन पाण्डे, गलैंचावाट विनोद ठकुुरी, स्वास्थ्य श्रमिक संघवाट निशा गार्मेन्टवाट सिद्दी उप्रेती, पसलवाट भरत दाहाल, घरेलुवाट रेणु कार्की, ट्रेकिङ्गवाट मुकुन्द, सामाजिक कार्यकर्ताको तर्फवाट मेघराज खत्री, अटो मोवाइलबाट प्ुरन्जन, सरसफाईवाट टंक बुढाथोकी, ढुवानीवाट यु.के. लामा, आर्टिष्टवाट दुर्गा खतिवडा, सिलाईवाट बिरु नेपाली, रिक्सावाट डम्बर लामा, धातुवाट गणेश वि.क., नाई संघको तर्फवाट बब्लु ठाकुर, फर्निचरवाट उद्धव गुरुङ्ग र इटाभट्टा मजदुर संघवाट हेमन्त महरले पेसागत संगठनहरुको समसामयिक प्रतिवेदन राखेका थिए । भने उपत्यका कमाण्ड संभाल्नु भएका अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्कट्टेलले प्रतिवेदन सुनिसकेपछि संक्षिप्त मन्तव्य सहित निर्देशन दिनु भएको थियो । कार्यक्रमको संचालन जगत सिम्खडाले गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment