विजय थापा
भर्जिनिया अमेरिका ,मार्च १४ ,गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति ,अमेरिकाका अधक्ष्य प्रल्हाद कार्कीले सशक्त रुपमा आवाज उठाई रहेको समयमा नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले आफ्नो गृह नगर वरिपरि कार्यक्रममा भाग लिने क्रममा दोहोरो नागरिकतालाई कानुनी रुपमा प्रयोगमा ल्याउनु पर्ने र सो बिषयमा सकारात्मक टिप्पणी गरेको समाचारले अमेरिकामा बस्ने प्रवाशीहरुको मनोबल उच्च भएको बुझिएको छ भनि जानकारी गराए l
एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स )को मई २५ -२६ २०१३ मा लस एन्जल्समा हुने बार्षिक अधिवेसनमा दोहोरो नागरिकता बिषयमा मुख्य बहस हुने र थुप्रै गृह कार्य गरि रहेको अवस्थामा राष्ट्रिय स्तरको राष्ट्रिय नेतृत्व वर्गले विदेशमा बस्ने नेपालीहरुको बारेमा वकालत गरि हौसला प्रदान भएकोमा एन आर एन अमेरिका तथा अमेरिकामा बसोबास गर्नु हुने सम्पूर्ण प्रवासी नेपालीहरुकोतर्फबाट पूर्व उप प्रधान मन्त्रि तथा नेपाली काग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला प्रति कृतज्ञता ज्ञापन नगरि रहन सक्दैन भनि केसी भन्दछन l बिभिन्न कारणबाट बिदेशिनु परेको कथा र व्यथा प्रति राजनैतिककरण कुनै पनि नेताहरुले गर्नु नहुने र आफ्नो मात्री भुमि प्रति कर्तब्य गर्न पछि नपर्ने र नचुक्ने सबै प्रवासी हुने हुनाले सबै राजनैतिक दल र नेताहरुले यो बिषयको टुंगो लगाई दिन एन आर एन अमेरिका जोडदार माग गर्दछ भनि केसीले जनाएका छन् l
दिन प्रति दिन नेपालीहरुको विदेशिने क्रम द्रुत रुपमा बढ्दो छ र क्रम नरोकिने हुनाले दोहोरो नागरिकताको लागि सरकारले ठोस कदम चाल्न र समर्थन गर्न आग्रह गर्दछ भन्दै सबै पक्षलाई यो बिषयमा गंभिर हुन् समेत अनुरोध एन आर एन अमेरिकाले गर्दछ l सिटौलाले दोहोरो नागरिकता जायज भन्दै स्वदेश तथा विदेशमा बस्ने सबै नेपालीहरुको समान अधिकार र भारतले अपनाएको दोहोरो नागरिकता सम्बन्धि नीति जस्तो हुनु पर्छ भन्ने भनाई प्रति अमेरिकामा बसोबास गर्ने सबै हर्षित भएको र यसलाई कार्यन्वयन गर्न छिटो पहल हुने कुरामा आफु बिस्वस्त रहेको अधक्ष्य केसीले जनाए l






No comments:
Post a Comment