२ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिगमा न्यूरोड टिम एनआरटीले लिग लिडर थ्रीस्टारको उपाधी यात्रामा धक्का दिएको छ ।शुक्रबार भएको खेलमा एनआरटीले १० खेलाडीमा सिमित थ्रीस्टारलाई १-० ले पराजित गरेको हो । यससँगै लिगको उपाधी होड खुला भएको छ । थ्रीस्टारको १८ खेलबाट ३८ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङको ३२ अंक छ र यसले एक खेल कम खेलेको छ । मनाङ समान ३२ अंक जोडेको एनआरटी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले दोस्रो हाप १० खेलाडीमा खेल्नु परेको थियो । एनआरटीका खेलाडीलाई लडाएपछि ५० औं मिनेटमा सन्दीप राईले रातो कार्ड खाएका हुन् ।त्यसको फाइदा उठाउँदै ७३ औं मिनेटमा सेगुनले एनआरटीका लागि निणर्ायक गोल गरेका हुन् । त्यसपछि खेलमा थप गोल हुन सकेन र एनआरटी १-० ले विजयी भयो ।
No comments:
Post a Comment