सो आन्दोलनले आज तेस्रो वर्षमा प्रवेश गरेको छ र यो आन्दोलनले सत्तरी हजारभन्दा बढी नागरिकको ज्यान पनि लिइसकेको छ ।मुस्लिम प्रार्थनापछि आह्वान गरिएको सो आन्दोलनका लागि सिरियामा फेसबुकलगायतका समाजिक सञ्जालहरुको महत्वपूर्ण भूमिका रहेको छ सिरियाली नागरिक त्यतिबेला अरब जगतका विभिन्न देशमा जारी रहेको आन्दोलनबाट प्रभावित भएका थिए । उनीहरुको प्रेरणा अरबकै अन्य देशमा जारी रहेको सरकार विरोधी आन्दोलन पनि थियो । तर ती मध्ये लगभग सबैजसो देशमा भने प्रजातन्त्रको स्थापना भएको छ । लिबिया, यमन, ट्युनिसिया, इजिप्टलगायतका देशमा त्यहाँका निकै लामो समयसम्म शासन गरेका शासकहरु जनताको आन्दोलनबाटै हटेका छन् ।सिरियाली नागरिक सुरुमा शान्तिपूर्ण रुपमा आन्दोलनमा सहभागी भएका थिए । तर उनीहरुमाथि सिरियाका वर्तमान राष्ट्रपति बसार अल असादकै नेतृत्वकै सरकारले यो शान्तिपूर्ण आन्दोलनमाथि दमन सुरु गरेको थियो ।उक्त आन्दोलनका क्रममा ७० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको मानव अधिकारवादीहरूले जनाएका छन् । साथै कयौं नागरिकले यो अवधिमा सिरियाली सरकारको दमन सहेका छन् । एएफपी
Friday, March 15, 2013
सिरियाली आन्दोलनमा सत्तरी हजारको ज्यान गयो
अन्य सम्बन्धित सम्प्रेषणहरु(Other Related Posts): ,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment