Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 15, 2013

नेपाल तामाङ घेदुङ कुवेतका नित्य प्रशिक्षकलाई भब्य रुपले बिदाई गरियो


  लामा भाई इस्ट मान वाईबा कुवेत सिटी २०१३/३/१५
आज मार्च १५ तारिक मुर्गाप स्थित सोल्टी होटेलमा अप्रन्न १ बजे भएको नेपाल तामाङ घेदुङ कुवेतका साधारण मासिक बैठकमा अतिनै सक्रिय,चर्चित कलाकार तथा नित्य प्रशिक्षक डुप्चन तामाङ लाई बिदाई गरियो |
सिराहा जिल्ला जम्दह ग.बि.स. ६, निवासका डुप्चन तामाङ बिगत २ वर्ष देखी कुवेतको अलबार कम्पनीमा कार्यरत हुनुहुन्थ्यो भने उहाले यो कुवेतको बसाइलाई छोडेर आफ्नो मात्रीभूमी फर्किदै हुनुहुन्छ |
डुप्चन तामाङको बारेमा भन्नु पर्दा उहा डिल्ली भंग्र कल्चर मा ३ महिना र चबेल नेपाली संस्कृति कला केन्द्रमा ३ महिना गरि टेनिङ प्राप्त गरि Acting,Anchorins,Action,Music,Dance,Vocal,Visual,Telifilm,Film, Documentry,Editing,Etc आदिमा काम गरि सकेका छन् |
आज भएको शो सम्मान तथा बिदाई कार्यक्रममा नेपाल तामाङ घेदुङ कुवेतका बारिष्ठ सल्लाकार राजेन्द्र तामाङ महासचिप अमृत तामाङ उपा-अध्यक्ष अर्जुन तामाङ सल्लाकार जितेन थिङ लगाएत २० जना भन्दा बढी उपस्थिति रहेको शो भेलाम उहाले गरेको योगदानलाई सम्मान गर्दै दोसल तथा खाता ओडाई सम्मान पत्र दिदाई नेपाल तामाङ घेदुङ कुवेतले उहाको आगामी दिनहरु उज्वल रहोस् भनी शुभ कामनाका सात भब्य रुपले बिदाई गरियो

No comments: