Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

दमौली तनावग्रस्त,१० राउन्ड हवाई फायर (दर्जनभन्दा बढी घाइते)


clash in damauli

तनहुँ, चैत्र १६ । लागूऔषध सेवन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक युवकको अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएपछि मृतकका आफन्तहरुले तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्त र प्रहरीबीच ढुंगा हानाहान भएको छ। प्रहरी नियन्त्रणमा रहेका पोखरीभञ्ज्याङ-४ का २२ वर्षीय सुजन तामाङ बिहीबार राति दमौली अस्पतालको परिसरबाट भाग्ने क्रममा भिरबाट खसेर घाइते भएका थिए। उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले तामाङको हत्या गरेको आरोप लगाउँदै मृतकका आफन्त विरोधमा उत्रेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाइ फायर गरेको छ । दोहोरो झडपमा परी दर्जनभन्दा बढी घाइते  भएका छन्।
प्रहरीले भाग्नेक्रममा युवकको मृत्यु भएको वताए पनि मृतकका आफन्त हत्या गरिएको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन् ।

No comments: