Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

भलिवल ओपन लिग २०१२÷२०१३’


उपाधी चुम्ने सपना अधुरै
दीपक पौडेल÷दोहा– कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’ अन्तर्गत सेमीफाइनलका दुवै चरणका खेलमा नेपालले कतार कतार जुनियर्ससंग ३–१ को पराजय ब्यहोर्नुपरेपछि उपाधी चुम्ने सपना यसपालीका लागि अधुरै रहेको छ ।
गत शुक्रवारको खेलमा नेपाल प्रतियोगिताको उदाउँदो शक्ति कतार जुनियर्ससंग २१–२५, २५–२३, २५–२२ र २५–१७ को सेटमा पराजित भयो । पहिलो खेलमा २१–२५ को रोचक जितसंगै खाता खोलेको नेपाल लडखडाउँदै गएपछि लगातार ३ खेल गुमाएपछि प्रतियोगिताको उपाधि होडबाट बाहिरिनुपरेको हो । पहिलो चरणमा पनि १४–२५, २५–२१, २४–२६ र २०–२५ को सेटमा पराजित भएको थियो । नेपालको आशा अव तेश्रो स्थानको लागि रहेको छ ।
विदेशी खेलाडीहरूको दर्शनीय प्रदर्शनका बाबजुत नेपालले नतिजा आफ्नो पोल्टामा पार्न नसकेको विगत फेरि दोहोरिएको छ । प्रतियोगितामा एकाएक ठुलो शक्ति बन्दै आएको कतार जुनियर्सलाई रोक्न नसकेपछि अप तेश्रो स्थानका लागि नेपालले फिलिपिन्सको सामना गर्नेछ । उपाधिका लागि भारत र कतार जुनियर्सविचको फाइनल खेल अघि नेपाल र फिलिपिन्सको आमनासामना ५ अप्रिलमा हुनेछ ।
शुक्रवार सम्पन्न अर्को खेलमा अपराजित भारतले फिलिपिन्समाथि सोझो सेटमा विजय हासिल ग¥र्यो । भारतले फिलिपिन्समाथि ३–० को विजय निकाल्यो । ब्यवस्थापक बुद्व गुरूङ र लिगका टेक्निकल मेम्बर तथा यहाँस्थित नेपाली समाजका अगुवा सागर नेपालले खेलमा जित–हार स्वाभाविक रुपमा लिनुपर्ने तर्क गर्दै तेश्रो स्थानको प्रतिस्पर्धाका लागि खेलाडीको मनोबल बढाउन आग्रह गरेका छन् । ‘धेरै अनुभव भएको छ’ नेपालले भने– ‘आशा छ भविश्यमा राम्रो खेल्न सकिनेछ ।’ गत शुक्रवारको खेलमा दर्शक सहभागिता निकै उत्साहप्रद थियो भने दुतावासका कुटनीतिक कर्मचारीहरू र एशोसिएनका बरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।


No comments: