दोहा– कतारस्थित नेपाली समुदायका अगुवाद्वय सागर नेपाल र मक्सुद आलम कतारको आन्तरिक मामिला मन्त्रालयको मानव अधिकार विभागबाट सम्मानित भएका छन् । अरव मानव अधिकार दिवसको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रममा कतारमा कार्यरत विभिन्न राष्ट्रका सामाजिक अगुवाहरुसंगै नेपाल र आलमले पनि सम्मान प्राप्त गरेका हुन् ।
माननीय आन्तरिक मामिला राज्य मन्त्री शेख अव्दुलाह बिन नासेर बिन खलिफा अल थानीको संरÔकत्वमा रहेको सो मन्त्रालयले नेपालसंगै इजिप्ट, यमन, सुडान, लेवनान, जिबुटी, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इन्डोनेसियाका सामाजीक अगुवाहरूलाई पनि सम्मान गरेको छ । अरव तथा गैर अरव समुदायका १५ जना अगुवाहरुलाई आङ्खना समुदायप्रति गरेको योगदानको कदरस्वरुप सो सम्मान गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । नेपाल र आलमले कतारमा नेपाली समुदायका विचमा सकृय रहँदै कतार सरकार र नेपाली समुदायका विचमा सौहार्दपुर्ण सम्बन्धको प्रवर्धन गर्नमा योगदान पु¥याएकोले सम्मान गरिएको बताइएको छ ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिÈद्का निर्वतमान उपाध्यक्ष नेपाल र प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यÔ तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका सल्लाहकार संयोजक आलम यसअघि पनि विभिन्न कतारी निकायहरूबाट सम्मानीत हुँदै आएका छन् । नेपाली समुदायमा परेका विभिन्न कानुनी अड्चन र सामाजीक छलफलका विषयहरूमा उनीहरूको सहयोग र समन्वय अनुकरणीय रहेको सो अवसरमा बताइएको थियो ।
सम्मानपश्चात् नेपाल र आलमले कतार सरकार र नेपाली समुदाय दुवैप्रति कृतज्ञता जनाएका छन् । ‘सम्मानको असली हकदार कतारमा कार्यरत सवै नेपाली हुनुुहन्छ, यहाँहरूको असल कर्मले र हामीलाई दिनुभएको हौसला एवं विश्वासले यो सम्मान प्राप्त भएको छ’ नेपालले भने– ‘यो सम्मान कतारमा कार्यरत सम्पूर्ण नेपालीहरूप्रति समर्पित गर्न चाहन्छु ।’ उनीहरूले कतारका माननिय मन्त्रीबाट सम्मानित भएपछि समुदायको हितमा लाग्न ठुलो प्रेरणा मिलेको बताएका छन् । ‘कतार सरकारले गरेको यो सम्मान वैदेशिक रोजगारीका क्रममा नेपाली समुदायको इमान्दारिता, लगनशीलता र मेहनतमुखी व्यवहारको खातिर कतारमा कार्यरत् सबै नेपाली समुदायकै लागि गौरवपुर्ण सम्मान हो’ आलमले भने– ‘यो सम्मानले कतारमा वैदेशिक रोजगारका लागि कार्यरत् नेपाली समुदायहरु प्रति कतार सरकारको न्यानो र अन्योन्याश्रित भावना रहेको पुष्टि गरेको छ । सम्मानका लागि नेपाली समुदायको तर्फबाट कतार सरकारप्रति कृतज्ञता समर्पण गर्दछु ।’सो सम्मानप्रति नेपाली दुतावास र नेपाली समुदायले पनि निकै खुसी ब्यक्त गरेका छन् । इन्टरनेटका सामाजीक सञ्जालमार्फत धेरैले शुभकामना दिएका छन् भने संघसंस्थाका कार्यक्रमहरूमा पनि आलम र नेपाललाई सम्मान गरिएको छ । राजदुत डा. माया कुमारी शर्माले सो सम्मानप्रति खुसी ब्यक्त गर्दै समुदायको सेवामा थप सकृय रहन आग्रह गरिन् । कतारमा धेरै लामो समयदेखि रहँदै आएका सामाजीक अगुवा डा. देवकाजी डंगोलले सो सम्मानप्रति खुसी ब्यक्त गर्दै सम्मानीत ब्यक्तिहरूलाई वधाई र नेपालीलाई उच्च मुल्यांकन गरेकोमा कतार सरकारलाई कृतज्ञता ब्यक्त गरे ।
No comments:
Post a Comment