Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

उपनियोग प्रमुख घिमिरे फर्किए

दोहा– कुटनीतिक सेवाको सहसचिवमा बढुवा भएका दोहास्थित नेपाली दूतावासका उपनियोग प्रमुख ऋषिराम घिमिरे गत विहिवार स्वदेश फर्केका छन् । उनी अव परराष्ट्र मन्त्रालयमा हाजिर हुँदैछन् भने मिनिष्टर काउन्सिलरकारुपमा कार्यरत घिमिरे फर्केपछि दोहा नियोगमा पद रिक्त भएको छ ।

कुटनीतिक सेवामा कार्यरत कर्मचारीहरू विदेशमा रहँदाको अवस्थामा बढुवा भएपछि मुलुक फर्कने र अर्को पोष्टिङको प्रतिक्षामा रहने प्रचलित अभ्यास रहेको छ । प्रचलित ऐन बमोजिम परराष्ट्र मन्त्रालय (कुटनीतिक सेवा) को सहसचिव भएपछि राजदूत बन्नका लागि अवसर खुल्ला हुन्छ । यात कुटनीतिक सेवाको सहसचिव वा राजनीतिक सिफारिसबाट राजदुतहरू नियुक्त गरिन्छन् ।
दुतावासले गत विहिवार उनलाई विदाई गरेको छ । मृदुभाषी र अन्तर्मुखी स्वभावका घिमिरे दोहा नियोगका अनुभवी कर्मचारीकारुपमा सम्मानीत थिए । ‘कतार अनुभव मिठो रह्यो, सक्दो प्रयास गरिएकै हो र भविश्यमा पनि यहाँका नेपालीका पक्षमा आफ्नो सत्प्रयास जारी नै राख्नेछु’ घिमिरेले भने । उनी बढुवाका कारण कतारमा १ बर्षपनि बसेनन् । अव केहि समयभित्रै दुतावासका द्वित्तिय सचिव जय बहादुर राई पनि मुलुक फर्कँदैछन् । उनी भने आफ्नो कार्यकाल सम्पन्न गर्दै मुलुक फर्कने भएका हुन् ।



No comments: