Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

स्याङ्गजा सम्पर्क मञ्चको प्रथम अधिवेशन सम्पन्न


पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
दोहा– बैदेशिक रोजगारीको सिलसिलामा स्याङजाबाट कतार आएका प्रगतिशील विचारधारा बोकेका युवाहरुको समुह ‘स्याङ्गजा सम्पर्क मञ्च दोहा, कतार’ले गत शुक्रवार प्रथम अधिवेशन सम्पन्न गर्दै भेषराज पराजुलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
‘सामाजिक न्याय, समानता र अग्रगामी परिवर्तनको अभियान, स्याङ्गजा सम्पर्क मञ्च दोहा, कतारमा आबद्धताको आब्हान’ भन्ने मुल नाराका साथ स्थापना भएको मञ्चले भेÈराज पराजुली को अध्यक्षतामा चयन गरेको कार्यसमितिमा प्रथम उपाध्यक्ष चोलाकान्त बिक, दित्तिय उपाध्यक्ष जित नेपाली, सचिव बुद्वि विक, सहसचिव लक्ष्मण विक, कोषाध्यक्ष खड्ग नेपाली र सहकोषाध्यक्ष उत्तम भट्टराई रहेका छन् भने सदस्यहरूमा धनञ्जय लम्साल, ख्याम विक, छबिलाल गैरे, भिम विक मुक्ति काङ्खले, सागर कोइराला, विष्णु पंगेनी, खेम नारायण पंगेनी, नारायण लम्साल, कर्ण विक, बम कार्की, प्रेम नेपाली र बेद प्रसाद पाठक रहेका छन् । सो मञ्च स्पष्टरुपमा नेकपा एमालेमा आस्था राख्ने युवाहरूको संस्था हो ।
नेपाल लोकतान्त्रिक मञ्च कतारका अध्यक्ष दिलकिरण खजुमले प्रमुख अतिथिकारुपमा ब्यानर अनावरण तथा मैनबत्ती प्रज्वलन गर्दै उद्घाटन गरेको प्रथम अधिवेशनमा शहिदको स्मरण र राष्ट्रिय गानपश्चात् वक्ताहरूले शुभकामना सम्बोधन गरेका थिए । उद्घाटन समारोहमा मन्तब्य राख्दै प्रमुख अतिथि खजुमले स्याङजावासीहरूले कतारमा आएरआफ्नो आस्थाविचारलाई मर्न नदिई परिचय स्थापित गर्न खोजेकोमा प्रसंसा गर्दै अरु जिल्लावासीले पनि पाठ सिक्नुपर्ने अपिल गरे । लोकतान्त्रिक मञ्च सदैव सहयोग गर्न तत्पर रहेको भन्दै यसको लिंक दोहा मात्र नभएर सिधा जिल्ला पार्टी कार्यालयमा पुराउन उनले सुझाव दिए । कार्यक्रममा विशेष अतिथि तथा मञ्चका प्रमुख सल्लाहकार पुर्ण केसीले स्या¨जाबाट कतार आएका प्रगतिशील विचारधारा भएका युवाहरू एकजुट भएर अगाडि बढ्न खोजेको उल्लेख गर्दै त्यसमा कसैले चिन्ता लिरहनुपर्ने विÈय नरहेको बताए । ‘यो नितान्त बैचारिक संस्था हो’ भन्दै केसीले मञ्चले गर्ने सम्पूर्ण काम सिंगो पार्टी नेकपा एमालेसंग सम्बन्धित रहने बताए । कार्यक्रम सभापति पराजुलीले मञ्चले कुनै पनि विभाजनका रेखा नकोर्ने चर्चा गर्दै सामाजिक र बैचारिक संस्थाका छुट्टाछुट्टै उद्देश्य हुने हुँदा आफुले हरेक संस्थासंग आवश्यक हरेक समन्वयलाई निरन्तरता दिइरहने बताए ।
सो अवसरमा नेपाल लोकतान्त्रिक मञ्चका संस्थापक कमलमणि गुरागाई, प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, गैर आवासीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष गुरुनारायण रानाभाट, स्याङजा सहयोग समाजका याम प्रसाद श्रेष्ठ, नेपाल लोकतान्त्रिक मञ्चका उपाध्यक्ष चानक पोखरेल, मुस्लिम सेवा समाजका अब्दुल हफिज, सामाजीक अगुवा नरेश श्रेष्ठ, दलित एकताका अगुवा गणेश परियार सिवा, सञ्चारकर्मी नवराज विक अटल, लोकतान्त्रिक मञ्चका महासचिव छविलाल प्युठानी, पेशाकर्मी बुद्वि भण्डारी लगायतले शुभकामना मन्तब्य दिँदै कार्यक्रमको सफलताको कामना गरेका थिए । मञ्चका प्रेम नेपालीले स्वागत मन्तब्य राखे भने मञ्चका कलाकारले स्वागत गित पनि गाए ।
मञ्चका उत्तम भट्टराईले कार्यक्रम संचालन गरे । सो अवसरमा प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलमलाई विशेष सम्मान गरियो । उनले कतारको मानव अधिकार विभागबाट सम्मान प्राप्त गरेको खुसीमा उनलाई प्रसंसापत्रले सम्मान गरिएको हो ।
सो अवसरमा गरिव तथा असहाय विद्यार्थीको छात्रबृत्ति कोÈको स्थापनार्थ आयोजित भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरिएको थियो । सो अवसरमा प्रथम पुरस्कार खेमानन्द लम्सालले एक तोलाको सुनको सिक्री जिते भने दित्तिय पुरस्कार पुरुषोत्तम पनेरुले ल्यापटप, तृतीय पुरस्कार मोति रहमानले सोनी डिजिटल क्यामेरा, चौथो पुरस्कार सीता काङ्खलेले नोकिया एक्सटु मोबाइल, पाँचौ पुरस्कार पाँच थान हाते घडीहरू रामकृष्ण लामिछाने, सिता, चुडामणी भुसाल सिता काङ्खले र धरम बहादुर तथा सान्त्वना पुरस्कार २ वटा टर्च लाइट ज्ञान शाही र लक्ष्मी सुनारले जितेका छन् ।


No comments: