काम गर्ने घरमा कामसम्बन्धी विभिन्न जटिल समस्याका कारण भागेर नियोगमा आएको उनले बताइन् । ‘जति काम गरे पनि घर मालिक्नीले किचकिच गर्ने, सहनै नसक्नेगरी गालीगलौज गर्ने र काम पनि असाध्यै धेरै लगाउने गरेकोले भागेकी हुँ’ उनले भनिन् । एक अरवीको घरमा घरेलु कामदारको रुपमा विगत ९ महिना देखि कार्यरत रहँदै आएकी थिइ्न् ।
उनलाई नेपालका एजेन्टले लगभग डेढ लाख रुपैयाँ लिएर १ हजार रियाल तलब हुने आश्वासनमा कतार पठाएका हुन् । ‘किन यतिको धेरै पैसा तिरेको ?’ भन्ने प्रश्नमा पिडीत चेलीले भनिन्– ‘सेटिङ्ग मिलाउन यति पैसा लाग्छ भन्यो, नतिरी सुखै पाइन ।’ यहाँ आएर काम गरेपछि तलब भने बराबर दिएको उनले बताइन् । ‘घर मालिक्नीको नराम्रो ब्यवहार भोग्नुपरेकोले भाग्नुपर्ने बाध्यता आयो’ उनले भनिन् ।
उनले यसअघि मलेशियामा पनि बैदेशिक रोजगारीका लागि दश महिना काम गरेर नेपाल फर्केको बताइन् । छोराछोरी पाल्नुपर्ने जिम्मेवारीका कारण यसरी कामको खोजीमा विदेश भौतारीनुपर्ने बाध्यताका कारण बारम्बार यस्ता समस्यामा परेको यी चेलीको बेदना छ ।
No comments:
Post a Comment