एनआरएनए एनसिसीका बरिष्ठ उपाध्यक्ष गुरु नारायण रानाभाट, एनआरएनए एनसिसीका कोषाध्यक्ष चुडामणि कार्की, एनआरएनए आइसिसी सदस्य अजिजुर रहमान शेष र एनआरएनए आइसिसीका पुर्व उपाध्यक्ष सागर नेपालको टोलीले
सो खाद्यान्न राहत पिडितलाई हस्तान्तरण गरेको हो ।
एक स्थानीय निर्माण कम्पनीको अनुदार ब्यवहारका कारण अलपत्र जिन्दगी विताइरहेका यी युवाहरूलाई खानपिनमा समेत समस्या आएपछि दुतावाससंगको समन्वयमा सो सहयोग गरिएको बरिष्ठ उपाध्यक्ष रानाभाटले जनाए । ४३ जनाको समुहलाई चामल ४ बोरा, दाल १ बोरा, तेल १ ग्यालन, आलु ४ वोरा, प्याज २ बोरा, नुन २ पाकेट हस्तान्तरण गरेको सुची कोषाध्यक्ष कार्कीले उपलब्ध गराए । उनीहरूको मुद्दा अदालतमा चलिरहेको दुतावासले जनाएको छ ।
No comments:
Post a Comment