Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 31, 2013

सुजातालाई दिलशोभाले कमरेड भनेपछि



खेम कार्की, दक्षिण कोरिया 

दक्षिण कोरियामा बस्ने क्रममा मैले धेरै सामाजिक व्यक्ति र सामाजिक कामहरुलाई नजिकबाट हेर्ने मौका पाए । विश्वमा रहेका नेपालीहरु मध्ये देशको विकासमा योगदान दिने नेपालीहरुमा दक्षिण कोरियामा रहेका नेपालीहरुको नाम पनि अग्रसुचिमा आउछ ।  देशका ठूला अखवार मिडियाका विभिन्न राष्ट्रिय माध्यमबाट थापा पाएर मेरा नेपालका साथीहरुले दिएको प्रतिकृयाबाट पनि त्यो भन्न सहज भएको थियो । 
२०१२ को अगस्तमा रविन्द्र मिश्रको उपस्थितीमा राजधानी सउलमा भएको अन्तरक्रिया तथा सहयोग कार्यक्रममा कोरियाका नेपालीहरुले एकै दिन १० लाख नेपाली दान गरेका थिए  । यसो त हरेक वर्षका दुई कोरियन पर्व सलनाल र चुसकमा हुने सांस्कृतिक कार्यक्रमकोे माध्यमबाट पनि ठुलो रकम कोरियामा संकलन हुने गरेको छ । त्यसबाट उठेको रकम पनि देशकै विकासको लागि छुट्टयाईने गरिएको छ । 
देशका विभिन्न भागमा कोरियामा बसेका नेपालीहरुले उल्लेखनिय काम पनि गरेका छन । रविन्द्र मिश्र पछि पुष्पा बस्नेत र भर्खरै मात्र मार्च १७ र मार्च २४ मा सउल र किम्हेमा गरी दिलशोभाको सम्मान कार्यक्रममा पनि एक मुष्ठ ठुलो रकम नेपालीहरुले संकलन गरेर देखाए । 
मैले हुनत मार्च १७ तारिख आईतबार सउलको कार्यक्रममा पन दिलशोभाका विचारहरु सुनेको हु । तर किम्हेमा २४ तारिख भन्ने अन्तरक्रिया गर्ने र अन्तरंग कुराकानी गर्ने अवसर पनि पाए । परदेशबाट भएका धेरै परोपकारी अभियानहरुको चर्चा फेरि पनि गर्नेछु अहिले भने दिलशोभा संगका केही प्रसंगहरुलाई जोडन चाहन्छु । 
मैले दिलशोभाको बारेमा हेल्प नेपालको सहयोगार्थ सउलमा भएको कार्यक्रमबाट नैथाहा पाएको हु । रविन्द्र मिश्रले भनेका थिए । सहयोग गर्नेले हेल्प नेपाललाई मात्र गर्नुपर्छ भन्ने छैन दिलशोभाले बृद्धाहरुलाई गरेकोकाम लगायत अन्य सहयोग गर्दा पनि हुन्छ । 
अनि मलाई दिलशोभाको बारेमा अझ जान्ने जिज्ञासा बढेको थियो । फेरि मैले रविन्द्र मिश्रको “खान पुगोस दिन पुगोस”स्तम्भ निवन्ध संग्रहमा “दिलशोभाको दिल ”शिर्षकमा लेखेको उनको लेखबाट धेरै जान्ने अवसर पाए । 
अनि जव मैले दिलशोभा संग दक्षिण कोरियाको किम्हेमा मार्च २४ तारिख भेट गरे। मैलेसोचेभन्दा धेरै फरक पाए दिलशोभा । एक नेपालीको रुपमा मैले अहिले सम्मको कार्यहरुको बारे जिज्ञासा राखे । 
कस्तो छ तपाईलाई ? 
ठिकै छ । 
कस्तो भयो आजको कार्यक्रम ?
खोई आज त धेरै बोलौला भनेको सबै विर्सियो अब त लेखेर ल्याउनुपर्ने भो । 
के के विर्सनुभयो? 
तीन वटा कुरा छुटयो। 
एउटा हेलम्बुमा २०० रोपनी जग्गा जुन दिनुभएको थियो त्यसमा जुनै धर्मकोपनि जुनै देशको पृथ्वीको जहाको भएपनि वृद्ध वृद्धाहरुलाई आमाहरुलाई १००० डलरले घर बनाईदिनेर १०० डलरले खुवाउने, भनेकै खुवाउने। हेलम्बु जस्तो स्वर्गीय ठाउमा । कुनै देशको मान्छे जान पाउदैन । ईन्डियन छिर्न नै पाउदैन । मेलम्ची भन्दा माथिको यो हेलम्बुको जग्गामा यो योजना हो । 
दोश्रोमाता तिर्थमा सरकारले घर बनाउने भयो । आमा घर बनाउने, बच्चा घर बनाउने। म मागेर बनाउदिन । कसैले दिए भने लिने हो । 
तेश्रो कुरा २ करोडको  अक्षय कोष बनाउने  । तीन करोडले १ रुपैया जम्मा गर्दा पनि तिन करोड हुन्छ । अहिले पनि संकलन भई रहेको छ । यति त भयो नि । अमेरिकाबाट ५,६ लाख फेरि आयो, यहाबाट पनि ७,८ लाख नेपाली हुने भो हुदैं छ । 
कस्तो लाग्यो कोरिया ? 
राम्रो छ । परमेश्वरले बास गरेके देश शान्ति छ ।  अमेरिका भन्दा पनि राम्रो । 

दिलशोभाको संगकोकुराकानीको क्रममा आफ्नो उनको धेरै अनुभव सुन्ने मौका पाए । मैले म यहाको पत्रकार पनि हो साधारण परिचय दिए । म खासै कुनैकुराकानी भन्दा पनि मैले जान्न चाहेको कुरा र अन्तरंग कुराकानीकै क्रममा लागे । 
आफुलाई श्रीमान्ले छोडेर गएको कारण यति सफल भएको भन्दै उनले श्रीमानलाईधन्यवाद । “ छोरीको विवाह गर्न जम्मा गरेको पैसा लगेर   आफ्नो विवाह गरे ।    
सहाना प्रधान संग आफ्नो निकटताको प्रसंग निकाल्दै दिलशोभाले भनिन “राष्ट्रपति बनेको भए सायद अहिले जस्तो विरामै पनि हुदैन थिए । ”
अनेमासंघको महाधिवेशनमा पनि आफु राजनीति नजान्दै सहभागी भएको स्मरण गर्दै त्यही बेला अष्टलक्ष्मी शाक्य लगायतका महिला नेतृहरुलाई कमरेड भन्नुपर्ने कुरा ज्ञात भयो  । पछि सहाना प्रधानलाई भेटदा पनि कमरेड भनिएछ । पछि सुजाताले तपाईराजनीतितिर नि लाग्नुभएछ कहिलबाट ? भने पछि थाहा भयो कमरेड सुजातालाई चाहि भन्न नहुने रहेछ  । 
यस्तै प्रसंग जोडदै थाहा नहुदा धेरै ठाउमा असजिलो भएको  र अहिले धेरै कुरा जानेको पनि बताइन  । 
म विदेशको ठाउमा भोलीको कामको समयलाई मध्यनजर गर्दै फर्कनुपर्ने नि थियो ।  पछि भेटने भन्दै मैले विदा भागेतर औपचारिकता पुरा गर्ने भन्दा पनि साच्चै मनदेखि भएको कुराकानी भएर हो कि छुट्टिने वातावरण मिलिरहेको थिएन । “अझै केही कुरा बाकी थियो  ” दिलशोभालेभनेपछि मैले ल ठिकै छ टयाक्सी खोजेर जाउला फेरि भेट हुने कहिले हो भन्दै बसे । 
दोश्रो चरणमा गरेका औपचारिक कुराकानी तथा अन्तरक्रिया भन्दा काम गर्दाका आधारभुन कुरानी भने निकै रोचक लागिरहेको थियो । 
मैले परदेशी लाईफ डट कम भन्ने वेभसाईट संग सम्बन्ध भएको र हेल्प नेपालकोलागि चिठ्ठा पनि गर्दैछौं । हेल्प नेपालको बारेमा तपाईको धारणा के छ भनेर सोधे । 
“आहो राम्रो संस्था नि , १० करोडको कोष बनाउने अभियानमा शुरु गरेका छन । मलाई लाग्छ ५० करोड उठछ होला ” । 
मैले रविन्द्र मिश्रको खान पुगोस दिन पुगोस मा पढेको “दिलशोभाको दिल”र यहा दिलशोभाले रविन्द्र मिश्रको अभियान लाई देखाएको सकारात्मक सोच ले उनको दिल साच्चै ठूलो भएको अनुमान गरे । त्यति मात्र होइन राम्रो काम गर्नेहरुले राम्रो अभियानलाई उत्तिकै सम्मान गर्नेरहेछन भन्ने लाग्यो । 

मैले धेरै नेपालीहरुले आफ्नै तरिकाले नया वर्ष मनाएकोउदाहरण पढेको छु देखेको छु । धेरैलेनया वर्ष आएपछि पार्टी र उत्सवको नाममा गर्ने ठुलो रकमको खर्चलाई हेर्दा पनि नेपालीहरु कन्जुस चाहि होइन भन्ने मलाई पनि लागेको छ  । तपाईले पनि यस पाली यस्तै पार्टी गर्ने सोच गर्नुभएको छ भने विचार गर्नुस । यस वर्षको नया वर्ष केही रचनात्मक काम गरेर मनाऔं । मैले त यस वष नया वर्ष २०७० को अवसरमा एन सि सि बुसानले“ हिमालयन छिन्गु चिब”नामक नेपाली कामदारहरुको लागि शेल्टर तथा परदेशी लाईफ डट कमले हेल्प नेपालको देशैभरी शुरु गरेको परोकारी अभियानका लागि निर्माण गर्न लागेको १० करोडको अक्षयकोषको सहयोगार्थ चिठ्ठा कार्यक्रमको लागि लाग्ने विचार गरे । मैले पत्रकारितामा लागेपछि धेरै समय भएको “भन्नुभयो र गर्नुभयो” पत्रकारिता पनि नगरेको होईन । पत्रकारीतालाई परोपकारी बनाउन बेलायत जस्तो ठाउमा धेरै काम भएका छन । अब हामी पनि केही उदाहरणीय काम गर्न चाहन्छौं । विकासलाई कनिका जस्तो छर्ने हाम्रो देशमा हेल्प नेपाललाई लगातार हुने सहयोगले केही असजिलो पनि बनाउन सक्ला । तर हामीले स्थायी रुपमा केही गर्नुपर्छ देखिने गरि गर्नुपर्छ । जसरी देशका विभिन्न क्षेत्रमा छरिएका बजेटले कुनै क्षेत्रले उल्लेखनिय काम हुन सकेको छैन । यसैगरी कोरियाबाट भएको सहयोगले पनि उल्लेखनिय काम हुन नसकेको देखेर हेल्प नेपाललाई दिर्घकालिन सोच अगाडि सारिएको हो । 
हेल्प नेपाल नेटवर्कका रविन्द्र मिश्रले जव दिलशोभाको“आमाघर”पुगेर कुराकानी गरे । आफूसंग खल्तीमा भएको रकम “आमाघर”को नाममा सहयोग गरेर फर्किए । यो हो एक अर्काको अभियानमा सहयोगको भावना । 
जसरी कुरा नबुझ्दा दिलशोभाले सुजातालाई पनि कमरेड भनि न त्यसरी नै विषय बस्तु नबुझेकाहरुले हेल्प नेपाल अभियानलाई पनि किन र कत्ति सहयोग गर्ने भनेर झर्को मान्न पनि सक्छन । तर परोपकारमा लागेको मित्रहरुले जिज्ञासालाई समाधान गनैंपर्छ । 
दिलशोभाकै सम्मानमा यहाँका संघ संस्थाले झोलाभरी हुनेगरी सम्मान पत्र दिए । सबै नेपालीको तर्फबाट एउटा सामुहिक सम्मानपत्र दिन सकेको भए त्यो राम्रो र आकर्षक पनि हुन्थ्यो होला । यसरी कोरियामा जस्तो जहा गयो त्यही यति धेरै सम्मान पत्र दिन थालेभने दिलशोभालाईसम्मान पत्र राख्ने पनि छुट्टै कोठा बनाउनु पर्ला। 
कोरियाबाट हेल्प नेपाल अभियानमा नेपालीहरुले राम्रो सक्रियता र समर्थन जनाएका पनि छन । मासिक १ डलर अर्थात १०० रुपैयाको यो अभियानमा यसपटक परदेशी लाईफ डट कमको चिठ्ठा अभियानमा पनि सबै कोरियाका नेपालीहरुले उत्साहपूर्वक साथ दिए हेल्प नेपाल नेटवर्कको अभियान कोरियाबासी नेपालीहरुको गर्व गर्न लायक सहयोगको अभियान बन्नेछ । दिलशोभाले हेल्प नेपाल नेटवर्कलाई गरेको सम्मान पूर्वक प्रशंसाबाट पनि यहाको हरेक परोपकार अभियानका संघ संस्थालाई एक एर्काको अभियानमा सहयात्रा गर्न प्रेरणा मिल्न सक्छ । 
(लेखक नेपाल पत्रकार पहासंघ दक्षिण कोरिया शाखा अध्यक्ष तथा परदेशी लाईफ डट कमका प्रधान सम्पादक हुन । ) 

No comments: