Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 10, 2013

गुल्मी सेवा समाज युएई द्धारा अन्र्तराष्ट्रिय नारी दिवसका साथै क्षेत्रिय समिती गठन


रबिन्द्र फुयाल युएई  
अप्रिल ८, २०१३ का दिन गुल्मी सेवा समाज युएईले १०३ औं अन्र्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न गरेको छ । शंकर ज्ञवालीको सभापतित्वमा प्रमुख अतिथी लक्ष्मण भण्डारी तथा विषेश अतिथीमा मदन विष्ट र अतिथीहरुमा मिना थापा, लक्ष्मण खनाल, गोपाल पाण्डे, सविता आचार्य, मिन प्रसाद भण्डारी तथा अन्य सँघ सस्थाका प्रतिनिधी महिला दिदी बहिनी, पत्रकार तथा बिभिन्न क्षेत्रका ब्यात्तिहरुको उपस्थिती रहेको कार्यक्रमको सन्चालन लक्ष्मण अर्यालले गरेका थिए ।
गोपाल पाण्डेको स्वागत मन्तव्य वाट सुरु भएको उक्त कार्यक्रममा अतिथीहरुले शुभकामना दिदै शिक्षा र रोजगारी जस्ता क्षेत्रहरुमा  हेपिएर वस्नु परेका महिलाहरुले महिलाको हक हितको लागी सँघर्ष गर्दै रुसवाट स्थापना भएको महिला दिवश आज आएर नेपालमा पनि मनाईरहेको र महिला माथि हुने हिम्सा रोक्न स्थानिय निकाय वाट नै सुरु गर्नु पर्ने र चेतना मुलक कार्यक्रम शिक्षा रोजगारी का क्षेत्रमा आफनो खुट्टामा आफै उभिन सक्ने व्यवस्था मिलाउनु पर्नेमा सवै वक्ताहरुले जोड दिएका थिए ।
शोभा भण्डारीले  पठाएको शन्देशमा महिला हिंसाको वारेमा नेपाली महिलाहरु नै सचेत हुनु पर्ने प्रवासमा वसेका महिलाहरु एकजुट भै अगाडी बड्नुपर्नेमा जोडदिदै महिलाका सत्रु महिलानै  भएको र महिला हिंसाका स्रोत प्रत्यक घर परिवारका सदस्य भएकोले यस्ता कार्यलाई रोक्न घर परिवार, स्थानिय संघ सस्था देखि लिएर हामि सवै सचेत हुनु पर्ने तथा राष्ट्रले पनि महिला हितको लागि ध्यान दिनु पर्ने मा जोड दिएकि थिईन । कार्यक्रममा उपस्थित अतिथीहरुले महिला हक हितको लागि चेतना मुलुक काम हरु सिकाउनु पर्नेमा जोड दिएका थिए ।
दोस्रो चरनमा गुल्मी सेवा समाज युएईले दुवई क्षेत्रिय कमिटकिो गठन गरेको छ । मिन प्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यिय कार्य समितीको चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा राम लाल निउरे र केसवराज ज्ञवाली सचिवमा मानवहादुर कुवर कोषाध्यक्षमा वावुराम ज्ञवाली सदस्यहरुमा डोसुराम पाण्डे, होमनाथ कुवर, सविता आचार्य, जिवन न्यौपाने, लक्ष्मण पन्त, केसव पाण्डे, मुक्तिराम भण्डारी, महिला संयोजक सिता ठकुरी र सल्लाहकारमा गोपाल पाण्डे र गोपाल कुवर लाई सर्व सहमतिले चयन गरेको थियो । अन्तमा सभापति द्धारा नवनिर्वाचित पदाधिकारिहरुलाई वधाई तथा  शुभकामना दिदै संस्थाको विधान र मान्युट तथा अन्य कागज पत्रहरु ह्स्तान्तरण गर्दै शपथ ग्रहण गराएका थिए ।  साथमा नारि दिवसको वारेमा प्रष्ट पार्दै  कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण अतिथीहरुलाई धन्यवाद दिदै सभाको विसर्जन गरेका थियो  ।   


No comments: