नर्दन मारियानाविरुद्ध बंगलादेशको ४ गोल

२३ फागुन, काठमाडौं । नेपाल एएफसी च्यालेन्ज कप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार प्यालेस्टाइनसंग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
७ अंक जोडेको प्यालेस्टाइन समूह डीको विजेता बन्दै अन्तिम चरणमा पुगेको छ भने ६ अंक जोडेको बंगलादेश उपविजेता बनेको छ । बंगलादेशको अन्तिम चरण पुग्ने सम्भावना कायमै छ । ५ समूहका शीर्ष टोली अन्तिम चारणमा पुग्नेछ भने ५ उपविजेता मध्ये उत्कृष्ट २ टोलीले स्थान बनाउनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रो मौका गुमाएको थियो । पहिलो हापको सुरुमा नेपालले आक्रमक खेल खेलेपनि गोल गर्न सकेन । दोस्रो हापको सुरुमा नै जुमानु राईको हेड प्यालेस्टाइनी रक्षकले बताए । भरतको क्रस पनि उनले विफेल पारेका थिए ।
समूह चरणमा लगातार दुई खेल जितेको प्यालेस्टाइन भने सुरुवाटै बराबरी खेल्ने रणनीतिका साथ प्रस्तुत भएको थियो । रक्षात्मक खेल खेलेको उसले काउन्टर आक्रमणका केही राम्रो मुभ बनाए पनि गोल गर्न सकेन ।
नर्दन मारियानाविरुद्ध बंगलादेशको ४ गोल
समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलोदशले नर्थन मारियानालाई ४-० ले पराजित गरेको छ । एकपक्षीय खेलमा ठूलो अन्तरको हारबाट बताउन नर्थन मारियानाका लागि रक्षक जोनसोन नायक बने । उनले बंगलादेशी खेलाडीका अधिकांश प्रहार रोकेका थिए भने अघिल्ला खेलहरुमा भन्दा डिफेन्स पनि केही सुधारिएको थियो । बंगलादेशका गोरक्षक विट भइसकेको अवस्थामा नदर्न मारियनाको प्रहार बारमा लागेर फर्किएपछि उनले प्रतियोगिताको पहिलो गोल गर्ने मौका गुमाएको थियो ।
No comments:
Post a Comment