कुवेतको तातो घामले जब मलाई पोल्छ प्यारी
पाए हुन्थ्यो जस्तो लाग्छ तिम्रै आचलको छाहारी
त्यहि छहारी पाउने आशमा यी दिनहरु बिताउदैछु
एकान्त यो कोठा भित्र एक्लै बसी टोलाउछु।
सपनिमा झस्किएर तिमीलाई नै बोलाउछु
चाडै मिलन हुन्छ भनि यो मनलाई सम्झाउदैछु ।
तिमीलाई भेट्न अब दूई चार महिनामै म आउदैछु ।
टाउको देखि खुटासम्म पसिनाले भिजेपनि
बिरानो यो परदेशमा आप्नों कोहि नभएपनि
प्यारो छोरा र छोरी अनि तिमीलाई नै सम्न्दै छु ।
तिमीलाई भेट्न अब दुई चार मैहिनामै आउदैछु।
अर्जुन महत
हाल कुवैत
हाल कुवैत
No comments:
Post a Comment