पोखरा, २६ फागुन ।
सुकुम्बासी समस्या समाधान आयोग, कास्कीले सुकुम्बासी परिचयपत्र वितरण गर्न सुरु गरेको छ । आयोगले शनिबार पोखरा–९, शान्तिवनबाट परिचयपत्र वितरणको सुरुवात गरेको हो ।
परिचयपत्र वितरण कार्यक्रममा एकीकृत नेकपा(माओवादी) का कास्की जिल्ला संयोजक झलकपाणी तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तिवारीले सुकुम्बासी परिचयपत्र वितरणको महत्वबारे स्पष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा पुर्व सभासदहरु अमर तमु, राजकाजी तमु, एमाओवादीका क्षेत्रीय संयोजक बखानसिंह तमु, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय महासचिव पुष्कर विक, एमालेका प्रतिनिधी प्रकाश शर्मालगायतको उपस्थिती रहेको थियो ।
उक्त टोलमा ४३ जनालाई परिचयपत्र वितरण गरिएको थियो । परिचयपत्र प्राप्त गरेपछि सुकुम्बासीहरु हर्षित भएका थिए । सुकुम्बासी समस्या समाधान आयोग, कास्कीका अध्यक्ष प्रेमप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आसमान गुरुङ र सञ्चालन सदस्य अर्जुन मल्लले गर्नुभएको थियो ।
कास्कीमा ४६ सय ८६ घरधुरीलाई सुकुम्बासी परिचयपत्र वितरण गरिने आयोगका अध्यक्ष प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । परिचयपत्र वितरणपश्चात जग्गा भएकाहरुलाई बसोबासका आधारमा जग्गा धनि प्रमाणपुर्जा दिने, जग्गा नभएकाहरुको हकमा राज्यलाई रिपोर्ट बुझाउने र सम्भावित ठाउँ हेरेर जग्गा प्रदान गर्न केन्द्रमा सिफारिस पठाइने उहाँले बताउनुभयो ।
आयोगको तथ्याङ्क अनुसार हाल कास्कीमा पोखराको वडा न. १, ४, ५, ७, ९, १४, १५, १६, १७, १८, लेखनाथ नगरपालिकाको वडां नं १, १२, १३, १४ र भरतपोखरी, सराङ्कोट लगायतका गाविसमा सुकुम्बासीहरुको बसोवास रहेको छ । चैत मसान्तसम्म परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने बताइएको छ ।
No comments:
Post a Comment