Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 9, 2013

शान्तिवन टोल विकास संस्थाको अध्यक्षमा गुरुङ

पोखरा, २६ फागुन ।
पोखरा उपमहानगरपालिका वडा न.९, शान्तिवन टोल विकास संस्थाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले आइतमान गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रामबहादुर विक, सचिवमा ईश्वरबहादुर थापा, सह–सचिवमा धनमायाँ गुरुङ, कोषाध्यक्ष पुर्खबहादुर सारु मगर र सदस्यहरुमा एकमाया कमर, सुकमाया गिरी, गंगाकुमारी गुरुङ, चम्पाकुमारी तामाङ, कमली गुरुङ, मनबहादुर थापा, सानुबाबु विक, धनबहादुर विक, सन्तबहादुर थापा मगर र शंकर भुजेल रहनुभएको छ ।
अधिवेशनमा वडा न.९ का सचिव लोकदर्शन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा टोल विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशी, सामुदायीक प्रहरी सेवा केन्द्र, कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठ, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य अर्जुन मल्ल, विभिन्न आमा समुह एवं टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 
आइतमान गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत रामबहादुर वि.क र सञ्चालन पुष्कर विकले गर्नुभएको थियो । 


No comments: