Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 30, 2013

दोहामा कवि जय छाङ्छाको एकल वाचन


भोला थापा क्षेत्री÷अलखोर– ‘साहित्य जीवन र जगतको दर्पण हो’ भन्ने नारा बोकेको सन्ध्या ग्रुप कतारको प्रस्तुति मुग्लानी सौगात द्वैमासिक पत्रिकाले गर्दै आएको वाचन शृंखलाको २० औ“ डबलीमा एकल वाचनसहित कवि तथा नियात्राकार जय छाङ्छा प्रस्तुत हुने भएका छन् ।
बास्तिम–८, भोजपुरमा काजीमान राई र बिजुलादेवीका सुपुत्रका रूपमा २० अप्रिल १९५५ मा जन्मिएका राई हाल कतारस्थित नेपाली राजदूतावासमा द्वितीय सचिवका रूपमा कार्यरत छन् । केही दिनमै कतारबाट आफ्नो कार्यकाल सकेर नेपाल फर्कने योजनामा रहेका साहित्यकार छाङ्छाले सो एकल वाचनका लागि तयार रहेको बताएका छन् ।
मुग्लानी सौगातले उनको एकल वाचन तथा बिदाई सम्मान समारोह दोहाबाट करिब ७० किमी टाढा रहेको अल्खोरमा २९ मार्चमा गर्ने भएको हो । नियात्रा संग्रह कंगारूको देशदेखि आइफेल टावरसम्म–०५२ (१९९५), चा“पफुल्ने पहाड मुन्तिर–०५४ (१९९८), बादल रू“दाको जुरिच–०५९ (२००३), बिब्ल्या“टो आकाशको धरातलतिर–०६४ (२००८) प्रकाशन भइसकेका राईका कविता संग्रहमा पोटोम्याकका किनारमा–०५८ (२००१), छाङ्छाका प्रेम कविताहरू–०६३ (२००५) साथै साहित्येतर कृति– मार्गदर्शक ग्रन्थ, अमेरिका यात्रा अध्ययन र इलम–०६३ (२००५) प्रकाशित छन् ।
छाङ्छले छहरा साहित्यिक पत्रिका (०३४–०३७), ‘छिछाङ्छा (वान्तावा)को वंशावली’ (०५४),  ‘अन्तरदृष्टि’ साहित्यिक पत्रिका, अमेरिका २००० देखि २००३ सम्म, २००४ देखि २००९ सम्म भारत–एसियाई साहित्य अर्धवार्षिक साहित्यिक पत्रिकाको अतिथि सम्पादक, साथै भारत ०१२ उदय द्वैमासिक साहित्यिक पत्रिकाको कतार विशेषांकको अतिथि सम्पादकजस्ता नेतृत्व सम्हालिसकेका छन् । दर्जनौं पुरस्कार र सम्मानबाट विभुषित छाङछाले दर्जनौं साहित्य र सामाजीक संगसंस्थामा आवद्व रहेर नेपाल र नेपाली साहित्यलाई योगदान पु¥याएका छन् । राष्ट्रसेवककारुपमा उनले यसअघि जर्मनी, अमेरिका, भारत लगायतका देशमा रहेका नेपाली राजदूतावासमा सेवा गरिसकेका छन् ।
सन्ध्या ग्रुपका अध्यक्ष थर्चा लामाको सभापतित्वमा तथा पत्रिकाका सम्पादक दिलिप अविरलको संयोजकत्वमा हुने कार्यक्रममा कतारमा रहेका सवै साहित्यानुरागीलाई उपस्थितका लागि अपिल गरिएको व्यवस्थापक राजेन्द्र खनालले जनाए । कार्यक्रम सन्ध्या ग्रुपको कार्यालयमा दिनको १ बजे हुने र प्रवेश निःशुल्क रहेको उनले जनाए ।

No comments: