विनोद श्रेष्ठ "क्रान्ति"
दुवई -३० मार्च, नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा यहि २४ मार्च २०१३ मा मलेसियाको जोहरबारू पसिर्गुडंग स्थित आवाशमा नेपाली मजदुरहरु माथि भएको शाङ्घतिक आक्रमण प्रति गम्भीर ध्यानआकर्षण जनाएको छ।
नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई का कार्यवाहक अध्यक्ष क. हेमन्त पैाडेल तथा महासचिव क. बावुराम बिश्वकर्मा द्दारा जारी बक्तव्यमा रोजगारीका लागि काम गर्न विदेशी भुमिमा बैधानिक तरीकाले रहेका प्रवासी श्रमिकहरू माथि भएको सांघातिक हमला प्रति धोर निन्दा प्रकट गर्नु भएको छ।
उक्त आक्रमणबाट भएको जनघनको क्षति तथा सत्य तथ्य घटनाको बिवरण यकिन सार्बजनिक गर्न साथै उच्च स्तरीय घटना छानबिन टोलि गठन गरी उब्जिएको आशंका निबारण गर्न नेपाल सरकारको सम्बन्धित निकायसंग जोडदार माग गरेका छन् ।
आक्रमणमा घाइते भएका नेपाली मजदुरहरुको शिघ्र स्वास्थ्यलाभको कामना तथा नेपाली मजदुरहरुमाथि शांघातिक आक्रमण गर्नेहरुमाथि शख्त कारबाही साथै यस घटनाबाट मध्यपूर्वमा रहेका लाखौ नेपाली मजदुरहरुमा सिर्जना भएको भय र आतंकपूर्ण वातावरणको अन्त्य गर्न आवस्यक पहलका लागि नेपाल स्थित मलेसियन राजदुतावास मार्फत मलेसिया सरकारसंग अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख छ।
No comments:
Post a Comment