Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 30, 2013

एमाले भित्र निकै ठुलो त्रास


१६ चैत,काठमाडौ। केहि समय यता चुनावमा पहिलो र ठुलो पार्टी बनेर देखाउने भन्दै एमालेका नेता सा्वजनिक कार्यक्रमा चिच्याइरहँदा पार्टी भित्र निकै ठुलो त्रासले डेरा जमाएको थाहा भएको छ। बाहिर एमालेका नेताहरुले चुनावमा पार्टी तयार रहेको  बताइरहँदा भने पार्टीका प्रमुख नेताहरु भने चुनाव हारिने डरले भसक्कै गलेको स्रोतले बताएको छ।
यसरी एमाले नेता आत्तनु कारण भने चुनावमा सोत्तर हुने डर भएको बताइन्छ।बताइए अनुसार दोस्रो संविधानसभाको चुनाव भएमा आउने नतिजा बारेमा एमालेका शीर्ष नेता  देशभरकै स्रोत परिचालन गरेर आँकलन गरेको थियो । पार्टीको उक्त आन्तिरक आँकलनमा पार्टी पछारिने संकेत मिलेपछी एमालेमा सन्नाटा छाएको बताइन्छ।
विशेष गरि मधेश र पर्वी पहाडमा ठुलो धक्का लाग्ने एमालेका नेताले आँकलन गरेको बुझिन्छ । मधेसमा एमाले पहिल्यै देखि नै कमजोर हो, त्यसमाथी रामचन्द्र झाको बहिर्गमनले स्थिति थप असहज बनाउने एमाले नेतृत्वले बुझेको छ। झा एमालमै रहँदा कुनै चमत्कार नहुने भएपनि उनि बाहिरिदा भने मनोवैज्ञानिक असर मधेशमा पर्नेमा एमाले चिन्तित रहेको छ। त्यसैले होला पार्टीमा रहँदा सम्म खासै वास्ता नगरेको एमालेले झाको राजिनामा अस्वकृत त गरेको छै नै, उनलाई पार्टीमा ल्याउन नेता खटाएको छ, भने कार्यदल पनि निर्माण गरेको छ।
एमालेको अर्को डर पुर्व पहाड हो। भर्खरै पार्टी छोडेर नयाँ पार्टी खोलेका अशोक राई र पार्टी छोडेर हिडेका जनजातीले पुर्वी पहाडमा एमालेको निद हराम गर्ने त निश्चित नै हो। अशोक राइहरुले चुनाव जितै हासिल गर्ने नसकेपनि एमालेलाई हराउन भने निर्णायक भुमिका खेल्न सक्ने एमालेको बुझाइ छ। 
चुनाव नजिकिदै गर्दा थप  जनजाती  नेताले पार्टी छोड्ने संभावनलाई पनि एमाले नेतृत्व यतिखेर चिन्तित रहेको बताइन्छ। चुनाव समयमा नजिकिदै जाँदा एमाओवादीले मधेशवादीसंग मोर्चाबन्दी गरेको र भोली संघियता पक्षधरसंग पनि कार्यगत एकता गर्न सक्ने भय पनि एमालेमा उत्तिकै छ। एमाओवादीलाई आफ्नो प्रमुख प्रतिद्धन्दी मान्ने एमालेमा कांग्रेससंग चुनावी मोर्चा नै बनाएर अघि बढ्ने विषयमा समेत विस्तारपुर्वक चर्चा भएको बुझिएको छ। एमालेका सचिव शंकर पोखरेले त कांग्रेस सहित वैद्य माओवादी, नेकपा मसाल, राप्रपा, जनशक्ति पार्टीसंग पनि मोर्चा बनाएर जानू पर्ने बताएको चर्चा छ।

No comments: