दुवई -३१ मार्च, नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई आबुधाबी क्षेत्रिय समितिको नियमित बैठक २९ मार्च मा आबुधाबी क्षेत्रिय समितिका कार्यवाहक अध्यक्ष क. नेत्र अर्यालको अध्यक्षतामा आबुधाबी कर्नेश पार्कमा वस्यो ।
नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई का केन्द्रिय उपाध्यक्ष क. सु्र्यकान्त सेडाई तथा बुद्दिजिबी बिभाग प्रमुख क.पिताम्बर पोखरेलको क्रमश प्रमुख आथित्यमा मंन्चका केन्दिय प्रवक्ता क. रविरमण अधिकारीको समेत उपस्थिति रहेको थियो । अप्रिल १९ मा गरीने भनिएको आबुधाबी क्षेत्रिय समितिको पिकनिकको सफलता साथै कार्यक्रमको जिम्मेवारी बाडफाँड माथि ब्यापक छलफल चल्यो ।
बैदेशिक रोजगारीको शिलसिलामा युएई आइपुग्नुभएका प्रगतिशील , अग्रगामी परिवर्तनकामी नेपालीहरु संगठित गराइ संगठनलाई अझै मजबुद बनाउनु पर्ने धारणा राख्दै उपाध्यक्ष क. सु्र्यकान्त सेडाईले उठाउदै आइरहेको लेवीलाइ निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । फुट र पार्टीमा देखिएको गुठ बन्दीलाइ बन्द गरि अगाडि बढेर श्रमिकहरूले प्रबासमा भोग्नु परेको पिर मर्को तथा समस्याहरूलाइ निबारण गर्ने मा जोड दिदै प्रवक्ता अधिकारीले जनप्रगतिशिल मञ्चको उदेश्य र विशेशता माथि प्रकाश पारेका थिए । साथै भेलामा उठेका प्रश्नहरूको प्रतिक्रिया तथा बर्तमान राजनितिक बिषय वस्तु माथि प्रकाश पार्दै बुद्दिजिबी बिभाग प्रमुख क.पिताम्बर पोखरेलले आगामी दिनहरूमा यस क्षेत्रका रहने सम्पूर्ण श्रमजीबी नेपालीहरुलाई गोलबद्द गर्दै उहाहरुसँग सहकार्य गर्ने प्रतिबद्दता जाहेर गर्नुभएको थियो ।
नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई आबुधाबी क्षेत्रिय समिति पदाधिकारी, प्रगतिशील , अग्रगामी आस्थावान साथिहरूको बाक्लो उपस्थितिमा भएको सो कार्यक्रम थान प्रसाद डुम्रेले संन्चालन गर्नुभएको थियो ।
No comments:
Post a Comment