Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 30, 2013

युएइ भन्दै कुवेतको मानवतस्करी


काठमाडौ, चैत्र १७ (कान्तिपुर)- खाडीको संयुक्त अरब इमिरेटेसमा क्लिनर काममा लैजाने भन्दै श्रम स्वीकृति लिइएकी नवलपरासीकी एक महिलालाई कुवेतमा हाउसमेड काममा लगाइएको पाएपछि दुतावासले कामदार सारुलाई घर फर्काउने पहल थालेको छ ।
के एण्ड सी इन्टरन्याशनल एजेन्सीबाट कुवेत आएकी नवलपरासी ३६ वर्षीया टिकमाया सारु मानव तस्करीको फन्दामा परेकी हुन् । पुलिस रिपोर्ट प्रमाणिकरणका क्रममा कुवेतस्थित दुतावासमा आएपछि सारु मानव तस्करीमा परेको  खुल्नमा आएको हो ।
कुवेतस्थित श्रम सहचारी सृजना तिवारीले वैदेशिक रोजगारी विभागलाई लेखेको पत्रअनुसार यी महिलालाई नेपाल फर्काउने प्रयास भइरहेको छ । श्रम सहचारी तिवारीले सारुलाई झुक्याएर पठाउने के एण्ड सी म्यानपावरलाई मानवतस्करी अभियोगमा हदैसम्मको कारबाही गर्न विभागलाई पत्र लेखेकी छिन् ।
सारुले गत माघ २६ मा विभागबाट श्रम स्टिकर लिएको कागजातमा देखिएको छ ।  

No comments: