कोरियामा रहेका सङ्गीत प्रेमि युवाहरूले सांगितिक समूह गठन गरेका छन् । आइतबार सोल स्थित नेपाल गैारआवाशिय सङ्घ कोरिया द्धरा सञ्चालित नेपाल हाउसमा भेला भएको युवाहरूको समूहले उक्त समूह गठन गरेको हो । नेपाली मैालीक संस्कृतिको संरक्षण र कोरियामा आपतकालीन कोष निर्माणको उदेश्यले उक्त समूह गठन गरिएको बताईएको छ । " सृजना सङ्गीत समूह " नाम रहेको उक्त समूहका निर्देशक रमेश संग्रैाला रहेका छन् ।संग्रैाला गायक तथा किबोर्ड बाधक हुन । यसै गरी अन्य सदश्यहरुमा रोहित गुरुङ्ग (गायक तथा गितार बादक), रघु नाथ महार्जन(तबेला बादक) र शन्दीप नेपाली सेक्सोफन तथा बांसुरि बादक रहेका छन् । यसै गरी उक्त भेलाले प्रमुख सल्लाहकारमा कोरिया सन्देश क्लबका अध्क्षय मीन प्रकाश उप्रेतीलाई चयन गरेको छ भने अन्य सल्लाकारहरुमा इसारा रेमिटका निर्देक तथा हेल्प नेपालका कोरिया संयोजक रुद्र शर्मा , एन आर एन कोरियाका अध्क्षय के पी सिटैाला ,नेपाली संम्पर्ग समितिका अध्क्षय लोचन राई ,समाज सेबि गङ्गा राज राई , झापामिलन समाजका सचिव राज कुमार बान्तवा तथा समाजसेबि ध्यान राईलाई चयन गरेको छ ।
रमेश संग्रैालाको सङ्गीत र स्वरको "सकेमाफ गर" भन्ने गजल देशबिदेशमा श्रोताले रुचाएको गजलमा पर्ने गर्दछ भने गायक रोहित गुरुङ्गको स्वर, शब्द र सङ्गीतको "सारा जीवन..." बोलको गीतले कोरियाको स्टेज हल्लाउने गरेको छ ।
No comments:
Post a Comment