Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, April 10, 2013

युएईमा कलाकार उप्रेतीलाई बिदाई


त्रिलोचन कोइराला  
युएइको रोजगारी समापन गरेर नेपाल फकिर्न लागेकी कलाकार संगीता उप्रेतीलाई पथरी युवा समाज युएइले एक समारोहका साथ बिदाई गरेको छ ।
युएइमा नेपाली कला सस्कृतिको विकास तथा कलाकार व्यवस्थापन गर्न प्रचलित पथरी समाजले आङ्खनो  सस्थामा क्रियाशील व्यक्तिहरुलाई बिदाई गर्ने प्रचलन अनुसार नै कलाकार उप्रेतीको बिदाई गरिएको समाजका सस्थापक अध्यÔ मोहन नेपालले बताए ।
अप्रील ७ तारिक बरदुबाईको नेपाली होटलमा कलाकार उप्रेतीले पथरी समाजलाई पुर्याएको योगदान तथा उनको कलाकारिताको चर्चा गरिएको कार्यक्रममा बोल्ने अधिकाम्स वक्ताहरुले कलाकार उप्रेतीले  युएइमा छोटो समयमा  नेपाली सास्कृतिक गतिबिधिमा दरिलो छाप बनाएको बताए ।
सस्थापक मोहन नेपालको स्वागत , सचिब रमेश खड्काको संचालनमा भएको समारोहमा कलाकार उप्रेतीलाई  बिदाई पत्र , खादा तथा  माला लगाएर आगामी दिनमा पनि भबनात्मक रुपमा साथमा रहन र सदैब साथ सहयोगी रहने भन्दै बिदाई गरिएको थियो ।  गैर आवासीय नेपाली संघ मद्यपुर्बी सहसंयोजक लोकनाथ सुबेदीको प्रमुख आतिथ्यमा समाजका अध्यÔ कृष्ण्ँ पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
कलाकार उप्रेती रंगमंचमा तथा नित्य बिधामा सक्रिय रहेकी थिइन । दूई बर्È सम्म युएइका  विभिन्न म“चमा आङ्खनु प्रतिभा  देखाएकी उप्रेती युएइको सांगीतिक माहोलमा पुराना आधुनिक गीतमा नित्य गर्ने कलाकार भनेर चिनिन्थिन ।



No comments: