Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, April 10, 2013

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३


सूचना
ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका
आगामी जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्क शहरमा हुन लागेको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए ) को ३१ औं सम्मेलनको अबसरमा ‘ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका’को तर्फबाट  सम्पन्न हुने अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ लाई सफलताका साथ सम्पन्न गर्नको लागि बिभिन्न देशको प्रतिनिधि रहने गरि प्रतिष्ठानका उपाध्यक्ष्य साहित्यकार बिनोद रोक्काको प्रमुख संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको छ | महोत्सबमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई तल उल्लेखित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ | महोत्सबमा कविता पठाउन इच्छुक कवि कवयित्रीहरुलाई देहायको नियममा रही कविता पठाउन हुन हार्दिक अनुरोध गरिन्छ /
 प्रथम पुरस्कार - एनएम शुभद्रा भानुभक्त काब्य पुरस्कार, एक हजार यु एस डलर र प्रमाण पत्र
दोश्रो पुरस्कार - शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार, तीन सय यु एस डलर र प्रमाण पत्र
तेश्रो पुरस्कार - बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार, दुई सय यु एस डलर र प्रमाण पत्र 
कविता प्रतियोगिताका नियमहरु :-
१. प्रतियोगीले कविता आफ्नो क्षेत्रको संयोजकको ई-मेल अथवा सिधै केन्द्रिय संयोजक र उप संयोजकको ई-मेलमा पठाउन सक्नु हुनेछ |
२. कविताको शब्द सीमा अधिकतम दुई सय (२००) तोकिएको छ | सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन |
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत अस्वीकृत हुनेछन |
४. कविताको बिषय बस्तु र कविताको स्वरूपको ( गध्य या छन्द ) बारेमा कविहरुलाई स्वतन्त्र छाडिएकोछ |
५. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनैपनि जनजातिको भाषामा लेखिएको कविताले पनि
प्रतियोगितामा प्रवेश पाउनेछन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्नेछ |
६. एकजना कविले एउटा मात्र कविता पठाउन सक्ने छ / एक भन्दा बढी आएका कविताहरु स्वतः बदर हुनेछ /
७ . कविता कान्तिपुर, प्रिती या मंगल फन्टमा मात्र पठाउनु पर्नेछ |
८. कविता नितान्त नयाँ र मौलिक हुनु पर्नेछ | कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ |
९.प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत अस्वीकृत गरिने छ |
१०.प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंशया नक्कल गरिएको पाइएमा स्वत
अस्वीकृत हुनेछ |
११. प्रतियोगी कविता आउँदो मई महिनाको ३१ तारेखसम्ममा दिइएको ठेगानामा प्राप्त भई सक्नुपर्ने छ |
१२. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आए अन्तिम निर्णय प्रमुख संयोजकको रहने छ /
अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ आयोजक समितिको पूर्ण स्वरूप र सम्पर्क ठेगाना
प्रमुख संयोजक - बिनोद रोक्का - kabitapratiyogita2013@gmail.com,
उपसंयोजक - गोवर्धन पूजा kabitapratiyogita2013@gmail.com,
बेलायत संयोजक- कोमलप्रसाद श्रेष्ठ मल्ल…komal.malla1@gmail.com
क्यानाडा संयोजक - ऋषि बस्ताकोटी rishibastakoti@hotmail.com
नेपाल संयोजक - बिश्वबिमोहन श्रेष्ठ bishowbimohan@hotmail.com
भारत संयोजक -मनप्रसाद सुब्बा manprasads@gmail.com
इजराइल संयोजक – भगवती बस्नेत bhagawati.basnet@yahoo.com
खाडी मुलुक संयोजक – चन्द्र गुरुङ chandu_901@hotmail.com
दक्षिण एसिया संयोजक - टंक सुब्बा tankasubba@gmail.com
अष्ट्रेलिया संयोजक -निष्प्रभ सजी nisprabhsaji@gmail.com



No comments: