Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, April 11, 2013

स्वास्थ्य श्रमिकको ललितपुर जिल्ला सम्मेलन सम्पन्न



ललितपुर चैत्र २७
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ ललितपुरको प्रथम जिल्ला सम्मेलनले प्रकाश रानाको अध्यक्षतामा ३१ सदसीय जिल्ला समिति गठन गरेको छ ।
पाटन औद्योगिक क्षेत्रभित्र रहेको अखिल नेपाल ट्रेड युनियन महासंघ ललितपुर जिल्ला कार्यालयमा भएको प्रथम जिल्ला सम्मेलनको महासंघका उपाध्यक्ष जय कार्कीले उद्घाटन गर्नुभएको थियो भने अखिल नेपाल ट्रेड युनियन महासंघ ललिपुर जिल्ला अध्यक्ष सोम तामाङ्ग, अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी केन्द्रीय अध्यक्ष निशा खरेल, महासचिव तेज घताने, स्वास्थ्य श्रमिक संघ काठमाण्डौ जिल्ला समितिका उपाध्यक्ष हरि हुमागाई, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय महिला समितिकी गोमा लामा, अखिल नेपाल इटाभट्टा मजदुर संघका अध्यक्ष हेमन्त महर, अखिल नेपाल यातायात मजदुर संघ ललितपुर जिल्ला समितिका अध्यक्ष अशोक लगायतले सम्मेलन सफलताको हार्दिक शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको संचालन नविन खकुरेलले र मेघनाथ चौलागाईले स्वागत मन्तव्य राख्नु भएको थियो । उद्घाटन समारोह सम्पन्न हुने वित्तिक्कै प्रारम्भ भएको बन्द शेसनमा ललितपुर जिल्लामा कार्यरत स्वास्थ्य श्रमिकहरुको आवधिक कार्यक्रम तोकेर गतिविधिमा तीव्रता दिने र हरेक मजदुरहरुको तथ्यांक संकलन गर्ने तथा निष्कासनमा परेका मजदुरहरुका समश्यालाई  तत्काल हलगर्दै हरेक स्वास्थ्य प्रतिष्ठानहरुमा युनियन गठन गर्ने प्रतिवद्धता जाहेर गरेको छ । बन्द शेसनको अन्तमा अध्यक्ष मण्डलले प्रकाश रानाको अध्यक्षतामा ३१ सदसीय ललितपुर जिल्ला समिति गठन गरेको छ समितिको नामावली यसप्रकार रहेको छ ।
अध्यक्ष प्रकाश राना, उपाध्यक्षहरु जीवन देउजा, सानुभाइ न्यौपाने, नविन खकुरेल, मेघनाथ चौलागाई, ससचिवमा टंक दुलाल, सहसचिवमा शुभम तामाङ्ग, कोषाध्यक्षमा सारदा महर, सहकोषाध्यक्षमा इन्दिरा दर्नाल, र युवराज वराल तथा सदस्यहरुमा संजय श्रेष्ठ, प्रकाश गौतम, अम्विका दुलाल, दीपक महर्जन, रेवती चौलागाई, सविना सेरचन, सानुभाई थापामगर, राजकुमार ढकाल, प्रशुराम गौतम, राजेन्द्र साह, शिवराम वढिया, सावित्रा अधिकारी, नारायणी के.सी.लाई सम्मेलनले चयन गरेको छ ।
नब गठित समितिलाई  महासंघका उपाध्यक्ष जय कार्की, अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी केन्द्रीय अध्यक्ष निशा खरेल र महासंघ जिल्ला अध्यक्ष सोम तामाङ लगायतले वधाई तथा शुभकामना सहित अबीर टिका लगाइदिनु भएको थियो ।  



No comments: