Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 13, 2013

नेपाल आदिवासी जनजाति युवा परिषद् युएईको प्रथम महाधिवेशनको तयारी पूर्ण रुपमा पुरा


निमकान्त पाण्डे,अबुधाबी १२ अप्रिल। नेपाल आदिवासी जनजाति युवा  परिषद युएई को प्रथम ऐतिहासिक महाधिवेशन १९ अप्रिल शुक्रवार बरदुबईको एभरेष्ट ईन्टरनेसनल होटलमा हुने भएको महाधिवेशन तयारी समितिका संयोजक आशिष राईले जानकारी दिनु भएकोछ ।
 
" आदिवासी जनजातिको अभियान जातीय पहिचान सहितको संबिधान " भन्ने मुख्य नारा सहित प्रथम ऐतिहासिक महाधिवेशनको भव्यताका साथ् सम्पन्न गर्नका लागी सम्पुर्ण तयारी भएको जनाउदै विघटित संविधान सभामा समग्र नेपालीहरुको प्रतिनिधी सस्था संविधान सभाको राज्य पून:संरचना एवं राज्य शक्तिको बाडफाँड समितीले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्वन्धि पहिचानको अधिकार परिषदले प्रबासबाट पनि निरन्न्तर आबाज उठाउदै आइरहेको जनाउनु भएको छ । 
अन्तराष्ट्रिय श्रम संगठन महासन्धि १६९ अन्तर्गत अन्तराष्ट्रिय मानव अधिकारका दस्तवेजहरुमा पारित भएका साथै राज्य पक्षले मुलुकका आदिवासी जनजातिहरुसंग पटक-पटक गरेका सहमति तथा सझदारीहरु कार्यन्वन गर्न र गराउनको निम्ति युएईमा रहेको युवा परिष्द् सह्रानीय भूमिका खल्ने परिषदले दाबि गरेको छ। आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलो सम्वन्धमा प्रतिवेदनलाई अध्यन गर्दा राज्य र आदिवासी जनजातिहरु समान हैसियत भएका दुई पक्ष हुन् भन्ने  मान्यता लिईआईरहेको छ।
 बिगत १३ फ़ेबुरी २०१२  मा हरि घर्ति मगरको अध्यक्षतामा निर्माण भएको युवा परिषदले प्रधान सामर्थ्यलाई सहायक मानेर तयार पारी बुझाईएको १४  प्रदेश र २३  स्वायत क्षेत्रको प्रतिवेदन कार्यनयन गराउन प्रबासबाट समय समयमा दबद दिदै आदिवासी जनजातिका पहिचानमा बाँच्न  पाउनु पर्ने जन्म सिध्द नैसर्गिक हक-अधिकारको आधारमा संविधान सभा राज्यको पुन:संरचना एवं राज्य शक्तिको बाड-फाँड पाहिचानका निम्ति प्रतिक्रिया वादिहरुवाट संविधान सभा तुहाउन खोजिएकोले प्रवासी आदिवासी जनजातिहरुले प्रवासवाट पनि संगठित रुपमा आफ़्ना आवजलाई संविधान सभा सम्म पुराउने लक्ष्यको निम्ति सशक्त रुपले संगठनको प्रथम ऐतिहासिक महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गरिने पूर्व अध्यक्ष हरी घर्ति मगर ले जानकारी दिनु भएको छ। 

No comments: