Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 13, 2013

नेपाली नया वर्षको कार्यक्रममा प्रत्यक्ष दोहोरी (फोटो फिचर सहित )

कुवैत सिटी
१३ अप्रिल  नेपाल कुबेत सास्कृतिक मन्चको आयाजोनामा नया बर्षको शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम हिजो एक समाहरोह बीच सम्पन्न भएको छ।नेपाल कुबेत सास्कृतिक मन्चका अध्क्षय टिकाराम आचार्यको सभापतित्त्वोमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबास कुवेतका दितीय सचिब अम्बिका जोशी र सहचारी  भुवन पौड्याल रहेका थिए। प्रमुख अतिथिज्यु बाट पानसमा बत्ती बालेर कार्यक्रमको आरम्भ गरिएको थियो।
मंचका कलाकार हरुको अतिनै रोचक प्रस्तुति रहेको कार्यक्रममा कुवेतमा रहेका नेपाली संघ सँस्था का प्रतिनिधि, समाजसेबी ,बुद्दिजिबी र स्थानीय मिडियाकर्मी को उपस्थिति रहेको थियो।मंचका कलाकार इश्वोर बि.क.ले बाद्य बादक (मादल ,तबला ,हार्मोनियम) को साथमा नारायण गोपालका "मलाई छोडी मेरो छायाँ कतै झरेछ " "एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा "जस्ता गीत गायर कार्यक्रममा रौनकता थपेका थिए भने एकल नृत्य र युगल नृत्यमा पनि मन्चका कलाकार हरुले उत्कृस्ट प्रस्तुती दिएका थिए।
अन्त्य तिर आएर शुरु भएको प्रत्यक्ष  दोहोरी कार्यक्रमको प्रमुख आकर्षक बनेको थियो उपस्थित सबैले "तिमिलाई  टाढा मलाई नि टाढा माछी काडे डादैमा  घर सार" भाकाको दोहोरीमा धोको फेरेर नाचेका थिए प्रत्यक्ष  दोहोरीमा पुरुष तर्फको नेत्रित्तो माधब शर्माले र महिला तर्फको नेत्रित्तो बिनिता भण्डारीले गर्नु भएको थियो।
स्मरण रहोस उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार प्रोमोद खरेल र राधिका हमाललाई ल्याउने पक्का पक्की भएको थियो तर कुवेतको नेपाली समाजमा देखिएको असहज परिस्थिति लाई मनन गर्दै कार्यक्रम स्थगित गरिएको थियो बिगतका बर्षहरु झैँ यो बर्षपनि शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिदै मन्चका हरुले अतिनै रोचक प्रस्तुतिका साथमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सेलरोटी र आलुको अचार  आयाजोकले नि शुल्क उपलब्ध गराएको  थियो। 









No comments: