Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 13, 2013

पिडित हरुलाई आर्थिक सहायोग गरिए र बुद्ध जयन्ति मनाउने नेपाल तामाङ घेदुङ कुवेत

लामा भाइ इस्ट मान वाइबा 
कुवेत सिटी| मिति २०१३/४/१२तारिक शुक्रबारका दिन  मुर्गाप सोल्टी होटेलमा नेपाल तामाङ घेदुङ कुवेतको  ४० औ बैठक सम्पन्न भएको छ |नेपाल  तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा घलानको सभापतित्त्वोमा भएको बैठकमा नेपाल  तामाङ घेदुङ कुवैतका बरिष्ठ सल्लाकार राजेन्द्र तामाङ,उपअध्यक्ष अर्जुन तामाङ,कोस अध्यक्ष निर्मल तामाङ, महसचिप अमृत तामाङ, डिजाइनर तथा म्हेन्दोमाया गायक पुष्प वाइबा,गायक तथा डान्सर अशोक लामा, कलाकार बबिता तामाङ, लामा गुरु लगायत ३० जना भन्दा बढी उपस्थिती रहेको थियो |


 नेपाल  तामाङ घेदुङ कुवेतको  ४० औ बैठकको अबसरमा  लम्जुङ जिल्ला भोर्लेटार .ग.बि.स -९ का दुर्गा देबी गुरुङको दुबै म्रिग्रौला फेल भएको हुदा  उहाँको  अहिले पोखरा मनिपाल हस्पिटलमा उपचार भइरहेको हुदा नेपाल तामाङ घेदुङ कुवेतले उहाँको सु स्वस्थको को कामना गर्दै नेपाली १६ हजार रुपया उहाँकी जेठी छोरी  क्रितिका गुरुङलाइ हस्तारण गरियो।त्यसका साथ साथै  मकवानपुर जिल्ला चुर्यमाइ ग.बि.स ६ की  मिना वाइबा लामो समय देखि कुवेत जाहारा स्थित अलअमर अफिसमा काम गर्दै आइरहेको र   मार्च १८ तारिक मिना वाइबा अफिस बाट रूम फर्किंने क्रममा ९ लाख ५० हजार  बराबर लुटपट भएको कुरा तपाई हामीलाई थाहा भएकै कुरा हो तसर्थ सोहि पिडित मिना वाइबालाई नेपाल तामाङ घेदुङ कुवेतको तर्फ बाट नेपाली रुपया १ लाख ४० हजार हस्तारण गरियो  | अन्त्यमा नेपाल तामाङ घेदुङ कुवेतले गत वर्ष झैँ तामाङ जतिको भाषा,लिपी,धर्म,रितिरिवाज,  भेषभुषा,र संस्कृतिको जगेर्ना गर्दै एस वर्ष पनि बुद्ध जयन्ति कार्यक्रम गर्ने भएको छ बाकी खाडीन्यूज हेर्दै गर्नु होल़ा


No comments: