Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 13, 2013

भित्ते पात्रो सार्बजनिक तथा घुम्ती पुस्तकालय स्थापना


कुवैत सिटी
अप्रिल १३जनजाग्रिती युवा समाज कुवेतले बिगतका बर्षहरु झै यो बर्ष पनि नेपाली भित्ते पात्रो हिजो एक कार्यक्रमका बीच सार्बजनिक गरेको छ। जनजाग्रिती युवा समाज कुवेतका अध्क्षय दिपक क्षेत्रीको सभापतित्त्वोमा  सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबास कुवेतका दित्तीय सचिब अम्बिका जोशी र सहचारी भूबन पौडयाल रहेका थिए भने  विशेष अतिथी साहित्यकार होम बहादुर क्षेत्री रहेका थिए।प्रमुख अतिथि तथा विशेष अतिथी ज्यु बाट संयुक्त रुपमा पर्दा हटायर कार्यक्रमको  उदघाटन गरिएको थियो।
प्रबाशमा रहेका नेपाली हरूलाई तिथि मिति र नेपाली चाड पर्ब को सहज रुपले जानकारी होस् भन्ने उदेश्यले भित्ते पात्रो सार्बजनिक गरिएको र निशुल्क रुपले वितरण गर्ने संस्थाका अध्क्षय दिपक क्षेत्रिले बताउनु भयो। कार्यक्रममाशुभकामना मन्तव्य दिदै  साहित्यकार होम बहादुर क्षेत्रीले  पुस्तकालय सन्चालनमा सबैले सहयोग गर्नु पर्ने बचेको समयमा पुस्तक पड्ने बानी बसाल्नु पर्नेमा जोड दिनु भयोको थियो।

कार्यक्रममाशुभकामना मन्तव्य राख्दै सबै जसोले  नेपाली भित्ते पात्रो सार्बजनिक तथा घुम्ती पुस्तकालय स्थापनाको  प्रशंशा गरेका थिए भने पुस्तकालय स्थापना का लागि पुस्तक प्रदान गरि सहयोग गरेका थिए पुस्तक प्रदान गरि सहयोग गर्नेहरुमा होम बहादुर क्षेत्री,सुजन केसी,राम बस्नेत, कल्याण कुमार श्रेष्ठ तोयानाथ दाहाल , हरीकृष्ण न्यैपाने, लगायत रहनु भएको थियो।यूएई एक्सचेन्ज तथा हिमाल रेमिटका  कुवैत प्रतिनिधी राम बस्नेतले सस्थाका  अध्यक्ष दिपक क्षेत्री र  महासचिव आनन्द आर्चायलाई मायाको चिनो  प्रदान गरेका थिए ।





No comments: