Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 14, 2013

नया वर्ष २०७० को हार्दिक मंगलमय शुभकामना


सर्व प्रथम नया वर्ष २०७० को उपलक्ष्यमा आफनो प्यारो देश नेपाल छोडेर रोजगारिको शिलसिलामा यु ए ई को विभिन्न ठाउंमा वसेर श्रम गरि रहनु भएका सम्पुर्ण नेपाली दाजु भाई दिदी वहिनीहरु देश तथा विदेशमा रहनु हुने न्याय प्रेमि नेपाली वुवा आमा दाजु भाई दिदी वहिनीहरुमा प्रवासि नेपाली सघ युएईको तर्फवाट सुख शान्ति समवृद्धिको साथ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 
   विविध परिस्थितीले गर्दा विदेशको खाडि मुलुकमा आएर याहाको हावा पानी समस्या संग जुधि रहनु भएका सम्पुर्ण नेपालीहरुलाई भई परि आउने अनेकौं समस्यालाई सुल्झाउने , सर सहयोग गर्ने , आपत विपतमा सहयोग गर्ने , सुख दुखमा जे जस्तो भए पनि साटा  साट गर्ने सम्पुर्ण दाजु भाई दिदी वहिनीहरुलाई गोल वन्द गर्ने उद्धेश्यले खोलिएको हो त्यसैले प्रवासि नेपाली सघमा आवद्ध हुन सवैमा अनुरोध गर्दछौं । आज मुलुक राजनैतिक दलहरुको चरम अविश्वासले गर्दा देश अस्थिरता तिर उन्मुख हुदै छ । असफल राष्ट््रको सुचिमा पर्ने खतरा वढिरहेको छ । दलहरु प्रति नेपाली जनताहरु निराश हुदैछन जनताले संविधान पाएका छैनन आत्म सम्मान खोजिरहेका छन त्यसैले यो २०७० साल मुलुकको राजनैतिक अस्थिरता स्थिरतामा वदलियोस संविधान सभा मार्फत जनताले नयासंविधान पाओस सवै राजनैतिक दलहरु मिलेर आर्थिक, राजनैतिक सास्कृतिक समवृधि सामाजिक रुपान्तरण दिशा तिर लैजाने वातावरण वनोस देशमा सुख शान्ति अमन चयन होस यसका लागि राजनैतिक दलहरुको भुमिका सकारात्मक रहोस यो नया साल सवै खाले नकारात्मक सोचहरु वदलियोस निराशहरु ऋाशामा वदलियोस भन्दै प्रवासि नेपाली सघ युएई सम्पुर्ण देश तथा विदेशमा रहेका नेपाली दाजु भाई दिदी वहिनीहरु लाई  सुख सान्ति चयन कायम होस भन्दै नया वर्ष २०७० को हार्दिक मगलमय मगलमय शुभकामना व्यक्त गर्दछौं   
प्रवासी नेपाली सघ युएई 

No comments: