Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 14, 2013

चार दलको सेण्डिकेटलाई ब्रेक गरि दिन्छुः सभापति कोइराला


काठमाडौ, ३० चैत । नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले चार दलको सेण्डिकेटलाई बे्रक गर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले संविधानसभाको निर्वाचनको सुनिश्चितताको लागि सुरु गरेको अभियान अन्र्तगतको विशेष साक्षात्कारमा शुक्रवार उनले आगामि महिनाबाट उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफूमा आउने र त्यसपछि ब्रेक गर्ने स्पष्ट पारे । 
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा सभापति कोइरालाले राजनीतिक समितिको नेतृत्व आफूमा आएपछि आफैले मोहन बैद्य किरण र उपेन्द्र यादवसँग वार्ता गरेर निर्वाचनमा ल्याउन प्रयत्न थाल्ने स्पष्ट पार्दै भने–उहाँहरुलाई हात खुट्टा जोडेर भए पनि म सहमतिमा ल्याएर निर्वाचनको बातावरण बनाई छाड्छु । उहाँहरुलाई पनि राजनीतिक संयन्त्रमा राख्छु र चार दलको सेण्डिकेटलाई ब्रेक गर्छु । उनले थपे–प्रचण्डजी चिनबाट फर्केपछि यो अभियानलाई म अघि बढाउछु ।  
पहिला नै छलफल गरेर बैद्य र यादवलाई समितिमा ल्याउन आफूले आग्रह गरे पनि त्यस्तो हुन नसकेकोले अहिलेको अवस्था आएको गुनासो गरे । बैद्य सिद्धान्त निष्ठ, त्यागी नेता भएको र अहिलेसम्म निर्वाचनको विरोध नगरेकोले पनि उनी सहमति आउने कोइरालाको विश्वास थियो । 
कोइरालाले आगामि संविधानसभाको निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने स्पष्ट पार्दै सम्बन्धीत निर्वाचन क्षेत्रमा जित्ने उमेदवारलाई छाड्ने गरी तालमेल हुने बताए । उनले भने–अहिले मुलुक कठिन अवस्थामा छ । त्यसैले सबैले मिलेर काम गर्नु पर्छ । 
उनले प्रजातन्त्रिक पार्टी कमजोर हुँदा मुलुकमा प्रजातन्त्र कमजोर भएको र त्यसले राष्ट्र कमजोर बनाएको भन्दै काग्रेसको पक्षमा आगामि निर्वाचनबाट बहुमत  आउन आवश्यक रहेको तर्क गरे । चार दलवीच असारमै निर्वाचन गर्ने सहमति भए पनि प्राविधिक कारणले त्यो सम्भव नहुने देखिएकोले असारमा नभए कार्तिक वा मंसिरमा निर्वाचन गराउनु पर्ने भन्दै शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा समेत सो विषयमा मोटामोटी सहमति भएको खुलासा गरे । 
संघीयताका एक हस्ताक्षर कर्ता नेपाली काग्रेसका तत्कालिन सभापति स्वर्गिय गिरिजाप्रसाद कोइराला भएकोले काग्रेसप्रति संघीयतामा आशंका उत्पन्न गर्नुको कुनै औचित्य नभएको स्पष्ट पार्दै उनले महासमितिको बैठकले काग्रेसलाई संघीयताको पक्षमा स्पष्ट उतारेको बताए । सभापति कोइराला भने–महासमितिले धेरै प्रदेश धान्न नसकेको भएकोले सात प्रदेश हुनु पर्छ भन्ने स्पष्ट मान्यता ल्याएको हो । संघीयतामा मधेसी मोर्चाले भ्रम छर्ने काम गरेको छ काग्रेसका विरुद्ध । 
नेपालमा प्रधानमन्त्री संसद प्रति उत्तरदायी हुने  शासन प्रणाली संसदीय ब्यवस्था मात्रै उपयूक्त हुने दावी गर्दै सभापति कोइरालाले राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने शासन प्रणाली अनुपयूक्त हुने हुने बताए । 
उनले भने–प्रत्यक्ष निर्वाचित राष्ट्रपति भए संविधानसँग विषयहरु बाझिएको बेला द्धन्द्ध उत्पन्न हुने भएकोले फेरि पनि आन्दोलन गरिरहनु पर्ने बाध्यता उत्पन्न गर्नु हुँदैन । त्यसैले नियन्त्रण र सन्तुलन हुनु पर्ने ब्यवस्था नै हुनु पर्छ । 
संसदीय ब्यवस्था नेपालमा राम्ररी प्रयोग हुनै नपाएकोले यसलाई असफलताको ट्याग भिडाउन नहुने भन्दै संसदीय ब्यवस्थाले निरकुंशतालाई छुट नदिने भएकोले नै उपयूक्त हुने तर्क उनले गरे । उनले भातृ संगठनहरुको महाधिवेशन छिट्टै गर्ने र एक महिना भित्र पार्टीका सबै विभागलाई पूर्णता दिने प्रतिबद्धता ब्यक्त गर्दै अब पार्टी एक भएर चुनावमा होमिने दावी गरे । क्लबका अध्यक्ष ऋषि धमलाले क्लब संविधानसभाबाटै संविधान पाउने नेपाली जनताको चाहाना पुरा गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दै त्यसैलाई लक्षित गरेर क्लबले अभियान सुरु गरेको बताए । 
उनले क्लबको अभियान प्रत्येक दलका शिर्ष नेताहरुसँग गएर सहमति र निर्वाचनको बातावरण निर्माणमा भूमिका खेल्ने बताए । 

No comments: