
यतको सहभागिता थियो ।
साझाले १६ वटा अत्याधुनिक बस मार्फत सस्तो, सुलभ, भरपर्दो र समयबद्ध ढंगले बस सेवा शुरु गर्न लागेको हो । शनिबार उद्घाटनको दिन यात्रुलाई निःशुल्क रपमा यात्रा गराइएको छ । साझाले राजधानीका दुई रुटमा बससेवा शुरु गरेको छ । पहिलो रुटमा लगनखेल-जावलाखेल-कुपन्डोल-त्रिपुरेश्वर-जमल-लैनचौर-पानीपोखरी-शिक्षण अस्पताल-नारायणगोपालचोक-बसन्धुराचोक-सामाखुशी हुँदै गोंगबु बसपार्क तथा अर्को कलंकी-कालिमाटी-त्रिपुरेश्वर-माइतीघर-नयाँ बानेश्वर-तीनकुने-सिनामंगल-एयरपोर्ट भै त्यही रुट भै र्फकने साझा यातायातले जनाएको छ ।
५४ वटा सिट भएको अत्याधुनिक बसभित्र टेलिभिजन स्त्रिmन र सीसीटीभी जडान गरिएको छ । सीसीटीभीले सुरक्षा र यात्रुको निगरानी गर्नेछ । यस्तै यात्रुलाई मनोरञ्जन, ट्राफिक चेतना र अरु शिक्षा प्रदान गर्न हरेक बसमा टेलिभिजन राखिएको छ । बसमा यात्रु हुँदासम्म टेलिभिजन चल्ने साझा यातायातले जनाएको छ ।
बिहान ५ बजेदेखि राति ११ बजेसम्म दुई रुटमा चल्ने साझा बसका थप विशेषता यस्ता छन् ः
· हरेक बसमा दुईवटा ढोका । पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट ओर्लने मात्र ।
· टिकट लिएर मात्र यात्रा गर्न पाइने ।
· दुवैतिरका अघिल्ला सिट महिला, अपांग र अशक्त यात्रुको लागि मात्र ।
· बसको अगाडि र पछाडि आकस्मिक ढोका ।
· चालकको पछिल्तिर आगो निभाउने यन्त्र ।
· ‘पिक आवर’ मा हरेक १५ मिनेट र अरुबेला २० देखि २५ मिनेटमा बस छुट्ने ।
· सकभर क्षमताभन्दा बढी यात्रु नराख्ने । तर ‘पिक आवर’ मा यात्रुको घुईंचो हुँदा ठेलम्ठेल नहुने गरी मात्र सीट क्षमताभन्दा केही बढी यात्रु राख्ने ।
· उभिने यात्रुको सुविधाको लागि समाउने ठाउँको व्यवस्था ।
· सिट बेल्ट ।
· ‘ट्रान्सफर टिकट’ को सुविधा । अर्थात कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्ट रुटको साझामा चढेको यात्रु त्रिपुरेश्वरमा ओर्लेर अर्को रुटमा चल्ने साझा बसबाट महाराजगंज जान खोजेमा दोस्रो बसमा पुरै भाडा तिर्न नपर्ने । पहिलो बसमा पुरा भाडा र अर्को बसमा आधा भाडा तिरेर पुग्न सकिने ।
No comments:
Post a Comment