Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 14, 2013

खाडी क्षेत्रका अधिकांश कामदार यौन हिंसाका सिकार


सम्बाददाता 

काठमाडौं,३१चैत/  मध्यपूर्वका विभिन्न देशमा ६ लाख विदेशी कामदार मध्ये अधिकांस यौन हिंसामा परेका छन् ।संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार यसरी जबरजस्ती श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ ।६ सय ५० जना व्यक्तिसँग अन्तरवार्ता लिई दुइ वर्षसम्म लगाएर गरिएको अध्ययनका क्रममा यस्तो पाइएको भन्दै आइएलओले अरब जगतमा रहेको ‘कफाला स्पोन्सर प्रणाली’ अन्त्य गर्न पनि आग्रह गरेको छ ।
१ करोड २० लाख विदेशी कामदार रहेको अरबी देशहरुमा यस्तो प्रणाली विद्यमान छ । जसअनुसार विदेशी कामदारका लागि रोजगारदाता देशभित्रै खासगरी रोजगार दिने व्यक्तिले स्पोन्सर गर्नुपर्छ । यस्ता स्पोन्सर्सहरु कामदारको भिसा तथा कामका लागि वैधानिकता कायम गरिदिने विषयमा पनि जिम्मेवार हुन्छन् ।आइएलओको जबरजस्ती श्रम विरुद्धको कार्यक्रम प्रमुख बिट एन्ड्रेसका अनुसार अरब जगतमा पछिल्लो समयमा श्रम आप्रवासन बढिरहेको छ । यस विषयमा जोर्डनको अम्मानमा भएको सम्मेलनका क्रममा उनले भनिन्, ‘मुख्य चुनौति भनेको गन्तव्य मुलुकमा ती कामदारको दुरुपयोग रोक्नु हो ।’
श्रम संगठनले तयार पारेको १५० पृष्ठ लामो ‘ट्रिक्ड एण्ड ट्रयाप्ड ह्युमन ट्राफिकिङ इन मिडिल इष्ट’ नामक रिपोर्ट जोर्डन, कुबेत, लेबनान तथा युएइमा काम गर्ने विदेशी कामदारको अध्ययन गरी तयार पारिएको हो ।
रिपोर्टले कफाला सिस्टम सबैभन्दा ठूलो समस्याको रुपमा रहेकेा र यसले विदेशी कामदारलाई पीडा दिइरहेको औँल्याएको छ । त्यसैले यो प्रणालीमा सुधार गरेमा विदेशी कामदारको अवस्थामा सुधार आउने अनुमान राष्ट्रसंघको छ । नेपाल, श्रीलंका तथा बंगलादेश लगायतका मुलुकबाट मध्यपूर्वमा खासगरी कृषि श्रमिकको रुपमा गएर भेँडा तथा उँट हेरचाह गर्ने काम गरिरहेका कामदारहरुको अवस्था निकै नाजुक रहेको बताइएको छ ।
कतारमा काम गर्ने विदेशी कामदारहरु सबैभन्दा बढि पीडामा रहेको र उनीहरुले घर फर्किँदा रोजगारदातालाई २ हजार कतारी रियालसम्म बुझाउनु परेको रिपोर्टमा उल्लेख छ । कतारमा काम गर्ने
धेरै विदेशी कामदारले पैसा कमाउने भन्दा ऋण बोक्नु परेकेा रिपोर्टमा उल्लेख छ । मध्यपूर्वमा काम गर्न जाने एसियाली तथा अफि्रकी महिला कामदार बढि यौनहिंसाको सिकार बन्ने गरेका पनि अध्ययनले देखाएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

घरेलु कामदार, नर्स, शिक्षिका तथा वेट्रेसको काम गर्न आउने विदेशी महिला कामदारहरुलाई विमानस्थलबाटै रोजगारदाताले अपहरणको शैलीमा लग्ने र घर, अपार्टमेन्ट तथा अन्य कार्यस्थलमा यौन कार्यका लागि बाध्य बनाउने गरेको पाइएको छ ।

No comments: