
नयाँ बर्ष २०७० को शुभ उपलक्ष्यमा १२ अप्रिल २०१३ मा द हवाइ्ट जोन क्यालिफोर्निया च्याप्टरले न्यू एयर सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । क्यालिफोर्निया बल रुम १७३६ फ्रान्कलिन ओकल्याण्डमा बेलुकीबाट शुरु भएको उक्त कार्यक्रम बिहान १ बजेसम्म सञ्चालन भएको थियो ।
सन्दीप बाबु र झरना सिरिषले उदघोषण गरेको उक्त कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानका साथै द ह्वाइट जोनको एन्थम समेत गाएर शुरु भएको थियो ।
उक्त कार्यक्रममा द ह्वाइट जोनका संस्थापक सभापति राजेश थापा र द ह्वाइट जोन क्यालिर्फोनिया च्याप्टरका सभापति रामकृष्ण सुनुवारका ले न्यान्सका सभापति उत्तम काकी, एनएजीसीका सभापति मणि नेपाली पनेरु, नेवा अर्गनाईजेशन क्यालिफोर्निया सभापति नारायण सोमनेम, सन्नी समाजका सभापति हरिहर दाहाल, एनडब्लुजीएनका सभापति बिष्णु गुरुङ ‘एकता’, लायन्स क्लबका सभापति मीरा चौधरी, जनसम्पर्क समितिका सभापति चन्द्र धिताल, जनसम्पर्क समितिका केन्द्रीय सदस्य बिनोद भट्ट, तमु समाजका सभापति गम गुरुङ, किराँत याक्थुम चुम्लुङका सभापति रोशन सुब्बा, जनजाति महासंघ क्यालिफोर्नियाका सभापति रेशम तामाङ लगायत द ह्वाइट जोनका सल्लाहकारहरु धनञ्जय नरसिंह केसी, डा. अमोद पोखरेल, भक्त थापा, राधा शर्मा, शंकर केसी लगायतको कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका सभापति तथा सल्लाहकारहरुलाई नेपाली टोपी लगाएर सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा जनपुकार डटकमका कृष्ण केसी, ग्लामर नेपालका प्रतिक पान्डे, समाजसेवी दुर्गा दाहाल, तमु समाजका पूर्व सभापति भुपेन्द्र गुरुङ, सन्नी समाज का पूर्व सभापति ईश्वर सापकोटा, समाजसेवी बिद्यासागर योञ्जन, समाजसेवी पियुष दाहाल लगायत थुप्रै बे एरियामा बसोबास गर्ने समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक दशक अगाडिदेखि नै नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा कमाउन सफल गायक सञ्जीव प्रधानले आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपूर मनोञ्जन दिएका थिए । ‘नशाभित्र नशा सरि’, ‘सिरिमा सिरि बतासै चल्यो’ ‘देउरालीको चौतारीमा’ लगायत थुप्रै लोकप्रिय गीतहरु गाएर दर्शकहरुलाई नचाउन सफल भएका थिए गायक प्रधान । सञ्जीवले देउरालीको चौतारीमा भन्ने गीत गाउँदा कार्यक्रममा उपस्थित सबै जनाले गीतमा स्वर मिलाई मिलाई नाचेका थिए
त्यस्तै कार्यक्रममा स्वरकी धनी गायिका सरिश्मा अमात्यले पनि विभिन्न गीत गाएर दर्शकहरुलाई मन्त्रमुग्ध पारेकी थिइन । उनले ‘म तिमीलाई माया गर्दछु’, ‘किन तिमी टाढा हुन्छौ’ जस्ता गीत गाउँदा दर्शकहरुले गडगडाहट ताली बजाएर खुशी व्यक्त गरेका थिए । उनले स्टेजमा गीत गाउँदा दर्शकहरु पनि स्वरमा स्वर मिलाई नाचेका थिए । यसरी दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएर नचाउन सफल गायक गायिका अहिलेसम्म यस क्षेत्रमा नआएको दर्शकहरुले बताएका छन् । सरिश्माले गीत गाउँदा हलभित्र भएका दर्शकहरु नचान्ने कोही पनि थिएनन् ।
कार्यक्रममा स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति गरेर कार्यक्रममा थप रौनकता प्रदान गरेका थिए । स्थानीय कलाकारहरु शार्नवी केसी र एलिजा पनेरुले फ्युजन मिक्समा नृत्यु गरेका थिए भने कुश्मा खरेल, भुटनिज कम्युनिटीका हेमा भण्डारीले ‘राम्री पनि भएकी छु’ भन्ने गीतमा नृत्य गरेका थिए । स्थानीय कलाकारहरुको नृत्यबाट दर्शकहरुले निकै मनोरञ्जन लिएका थिए । यस्तै नेवा अर्गनाइर्जेशन क्यालिफोर्नियाका तर्फबाट रजनी सेन ताम्राकार र मदन महर्जनले ‘राजमति कुमति’ मा नाचेका थिए भने द ह्वाइट जोनका संस्थापक उपाध्यक्ष र कार्यक्रमका डीजे समेत रहेका रोहित क्षेत्रीले आफ्नो नृत्य देखाएर दर्शकहरुको मन जितेका थिए ।
कार्यक्रममा क्यालिफोर्नियाको स्थानीय लस्ट ट्राभल्स ब्याण्डका सुहान श्री आचार्यले चौबन्दी चोली र चिसो चिसो हावा बोलको गीत गाएका थिए भने सोही ब्याण्डका अर्का गायक सुयेश अधिकारीले कसम र मेरो लागि भन्ने गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए । लस्ट ट्राभलर्सका सदस्यहरु साहस सैंजु, कुशल खरेल, पल्लभ पाण्डे, दिपेश पाण्डे, रेखा चन्द थिए ।
रोहित क्षेत्रीले डिजे गरेको उक्त कार्यक्रमको स्टेज व्यवस्थापन र रजिष्ट्रेशन उर्बशी थापा, कृपा खरेल, सजना खड्गी, पेमा येल्मोले गरेका थिए । त्यस्तै बारको व्यवस्थापन भने छोख्याल गुरुङ, सूर्यप्रसाद शर्मा, ईश्वर लामाले गरेका थिए भने खानाको व्यवस्थापन संगीता गुरुङले गर्नुभएको थियो ।
कार्यक्रमलाई प्रायोजन गरेर सहयोग पुर्याउने टंकराज क्षेत्रीलाई द ह्वाइट जोनका सल्लाहकार तुलसी चौलागाईं र द ह्वाइट जोन क्यालिफोर्निया च्याप्टरका सभापति रामकृष्ण सुनुवारले खादा ओडाई सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ४ सय ५० भन्दा बढी जनसमुदायको सहभागिता रहेको थियो । कार्यक्रममा डीजे/आर्टिष्ट कोलाबोरेसन/अडियो मिक्सिङमा डीजे रोहित क्षेत्री, निशेष क्षेत्री, रविन शर्माले गरेका थिए भने डेकोरेटिभ सप्लायर्स सुरज श्रेष्ठले गर्नुभएको थियो ।
उक्त सांस्कृतिक कार्यक्रममा सक्रियतापूर्वक सहभागी भई भव्यताका साथ सफल पारिदिनु हुने सम्पूर्ण जनसमुदायहरुलाई द हवाइट जोन क्यालिफोर्निया च्याप्टरका सभापति रामकृष्ण सुनुवारले मुरी मुरी धन्यवाद दिनुभएको थियो । एकैवचन मा निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा आफ्नो गायन कला प्रस्तुत गर्ने युवाहरुका ढुकढुकी गायक सञ्जीव प्रधान र स्वरकी धनी गायिका सरिश्मा अमात्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
No comments:
Post a Comment