काठमाडौं, चैत २४- एएफसी प्रेसिडेन्ट्स कपको छनोटका लागि खेलाडीको
प्रारम्भिक दर्ता शुक्रबारसम्म तय हुँदा नेपाली लिग च्याम्पियन थ्री स्टार
क्लब मारमा परेको छ।
घरेलु फुटबलको नयाँ सिजन वैशाख १ बाट सुरु हुने व्यवस्था भए पनि
आगामी सिजनमा हुने प्रेसिडेन्ट्स कप छनोटलाई शुक्रबारै टिम दर्ता
गराउनुपर्दा अन्योल भएको थ्री स्टारका पदाधिकारीहरू बताउँछन्। एसियाली
फुटबल महासंघ (एएफसी) को सी श्रेणीमा रहेका देशका लिग च्याम्पियनबीच हुने
प्रतियोगिताको छनोट चरणमा थ्री स्टारले नेपालको प्रतिनिधित्व गर्नेछ। छनोट
चरण वैशाखमै दशरथ रंगशालामा हुनेछ।
एएफसी र अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रमबीच तालमेल नहुँदा
समस्या भएको थ्री स्टारका महासचिव सञ्जिव सिल्पकारले बताए। नयाँ सिजन सुरु
भइनसकेकाले खेलाडी भिœयाउन थ्री स्टारलाई अप्ठेरो परेको छ। प्रेसिडेन्ट्स
कपका लागि शुक्रबारसम्म कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गरिसक्नुपर्ने
भएकाले हाल आबद्ध मध्येबाट थ्री स्टारले दर्ता गराएको छ। प्रेसिडेन्ट्स
कपको प्रारम्भिक खेलाडी दर्तामा दुई विदेशीसहित बढीमा ३० खेलाडीसम्म रहन
पाउने प्रावधान छ।
'चालू सिजन बाँकी रहेकाले केही समस्या परेको छ,' महासचिव सिल्पकारले भने, 'यो समस्याका लागि हामीले एन्फा र क्लब पदाधिकारीको बैठकमा राखेका छौं। सबै क्लब समाधान खोज्नेमा एकमत छन्।' एन्फाले क्लबको चासोलाई गम्भीरतापूर्वक लिएको सिल्पकारको बुझाइ छ। 'सबै यसमा सकारात्मक छन्,' उनले थपे, 'दीर्घकालीन समाधान खोज्न सबै सहमत छन्।'
नयाँ खेलाडी दर्तालाई एक साता कुर्नुपर्ने भएकाले थ्री स्टारले दर्ताको समयावधि थप्न एएफसीसँग अनुरोध गरेको छ। 'हामीले यहाँ भर्खर लिग सकिएको र नयाँ सिजन सुरु नभएको बारे जानकारी दिँदै केही दिन समय थप गर्न आग्रह गरेका छौं,' सिल्पकारले भने, 'स्वीकृति आए नयाँ खेलाडी भिœाउन बाटो खुल्नेछ।' यो सिजन अन्य क्लबबाट खेलेर अर्को सिजन थ्री स्टारबाट खेल्न चाहनेलाई छोड्न क्लबहरूले मौखिक सहमति जनाएको उनले बताए। 'ठोस निर्णय भएको छैन। तर क्लब पदाधिकारीले थ्री स्टार जान चाहनेको हकमा सहज वातावरण बनाइदिने मौखिक सहमति गरेका छन्,' उनले थपे।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले हाल देखिएको प्राविधिक समस्या सम्बोधन गर्न नीतिगत निर्णय लिइने बताए। 'अहिले दुई क्लबको समझदारी भएमा थ्री स्टारले अन्य क्लबबाट खेलाडी लिन सक्ने भयो,' तुलाधरले भने, 'तर भविष्यमा लिग च्याम्पियन बनेर प्रेसिडेन्ट्स कप खेल्ने टोलीको हकमा सरुवा े प्रावधान खुला गर्ने नियमावलीमा उल्लेख गर्नेछौं। त्यसले समस्याको दीर्घकालीन समाधान निस्कने छ।'
प्रेसिडेन्ट्स कप सहभागी टोलीका मुख्य प्रशिक्षक 'बी' लाइसेन्सप्राप्त हुनुपर्ने नियमावलीले पनि थ्री स्टारलाई प्रभाव पारेको छ। क्लबका प्रशिक्षक प्रदीप हुमागार्इं सी लाइसेन्सप्राप्त प्रशिक्षक हुन्। प्रेसिडेन्ट्स कपका लागि थ्री स्टारले प्रदीप र अन्जन केसीलाई प्रशिक्षकका रूपमा दर्ता गराएको छ। अञ्जन पनि सी लाइसेन्सप्राप्त हुन्। 'हामीले मुख्य प्रशिक्षक खाली राखेर दुवैलाई प्रशिक्षकमा दर्ता गराएका छौं,' सिल्पकारले भने, 'विगतको अभ्यासका आधारमा यस्तो गरेका हौं।'
एन्फा अध्यक्ष गणेश थापाको अध्यक्षतामा शुक्रबार एन्फा र ए डिभिजन क्लब पदाधिबारीबीचको छलफलमा एएफसीको क्यालेन्डर र घरेलु सिजनका कारण उत्पन्न समस्या विषयमा छलफल भएको थियो। त्यसका बाबजुद वैशाख १ बाटै नयाँ सिजन सुरु गर्ने र खेलाडी दर्ता प्रक्रिया सुरु गर्ने सहमति बनेको छ। एन्फाको वर्तमान नियमानुसार वैशाख १ देखि चैत मसान्तसम्म सिजन मानिएको छ।
एन्फाले जेठमा गर्ने नकआउट प्रतियोगिता सुरु हुनु एक दिनअघि कम्तीमा सहभागी क्लबले १६ खेलाडी दर्ता गरिसक्नुपर्ने निर्णय गरेको छ। वैशाख १५ भित्रमा ए डिभिजन क्लब एन्फामा दर्ता भइसक्नुपर्नेछ। नयाँ सिजनमा क्लबले ४ विदेशी खेलाडी मात्र दर्ता गर्न पाउने छन्। एउटा क्लबले बढीमा ४ खेलाडी दर्ता गर्न पाउने र एकै समय बढीमा तीनलाई मैदान उतार्न पाउने नयाँ नियममा क्लबहरू सहमत भएका छन्। जारी सिजनमा बढीमा ५ खेलाडी दर्ता गर्न पाउने र एकै समय ४ खेलाडी खेलाउन पाउने प्रावधान थियो।
प्रेसिडेन्ट्स कपलाई थ्री स्टारको प्रारम्भिक दर्ता खेलाडी सन्तोष साहुखल, योगेश गुरुङ, राजु मगर, सञ्जिव श्रेष्ठ, सन्दीप राई, रवि थापा, किरण चेम्जोङ, विष्णु गुरुङ, विष्णु सुनुवार, विराज महर्जन, विक्रम लामा, विजय गुरुङ, विजय धिमाल, अनिल गुरुङ, एलेन न्यौपाने, आदित्य चौधरी।

No comments:
Post a Comment