Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 6, 2013

भुटानविरुद्ध नेपालको १३ गोल

२४ चैत, काठमाडौं । एएफसी यु-१४ छनोट फुटबलको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध १३ गोल गरेको छ । शनिबार दशरथ रंगशालामा भएको एकपक्षीय खेलमा नेपालले भुटानको पोष्टमा दर्जनबढी गोल गरेको हो ।
अफगानिस्तनसँगको हार र ताजकिस्तानसँगको बराबरीपछि समूह चरणबाटै बाहिएको नेपालले भुटानविरुद्ध भने गोलको वर्षा नै गरेको हो । खेलको दोस्रो मिनेटबाट गोलको खाता खोलेको नेपालले पहिलो हापमा ५ गोल गरेको थियो भने बाँकी गोल दोस्रो हापमा गरेको हो ।
ताजकिस्तान छनौट 
ताजकिस्तान १४ वर्ष मुनिको एएफसी च्याम्पियनशिपका लागि छनोट भएको छ । समुह चरणको आफ्नो अन्तिम खेलमा अफगानस्तानलाई शनिवार २-१ ले हराएपछि ७ अंक सहित ताजकिस्तानले छनोट चरण पार गरेको हो ।
नेपाल र भुटानलाई हराएको अफागानिस्तानको ६ अंक मात्र भयो भने नेपालले ४ अंक मात्र जोड्दा भूटानले खाता नै खोल्न सकेन ।

No comments: