Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 6, 2013

धरान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

२४ चैत, काठमाडौं । आयोजक धरान फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको उद्घाटन खेलमा भुटान सीएफसी क्लबलाई २-१ ले पराजित गर्दै धरान अन्तिम चारमा प्रवेश गरेको हो ।
स्थानीय रंगशालामा भएको खेलमा धरानले सातौं मिनेटमा प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । पहिलो हापको अन्तिममा भुटान सीएफसीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । खेलको ७९ औं मिनेटमा सेगुनले गोल गरेपछि धरान सेमिफाइनल प्रवेश गरेको हो ।
एन्फा क्यालेण्डर अनुसार बुढासुब्बा गोल्डकप चैत्र १० देखी १७ गतेसम्म सञ्चालन हुनु पर्ने हो । तर, काठमाण्डौमा ए डिभिजन लिग ढिलो भएकाले बुढासुब्बा पनि दुई साता ढिला मात्र सुरु हुन लागेको हो ।
३१ गतेसम्म सञ्चालन हुने प्रतीयोगिताको विजेताले ट्रफीसहित ३ लाख २५ हजार तथा उपविजेताले १ लाख ६२ हजार ५ सय पाउने छन् । उत्कृष्ठ गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई नगद पुरस्कार दिइने अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष किशोर राईले जानकारी दिनुभयो ।

No comments: