Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 6, 2013

उत्तर कोरियाको चेतावनी आश्चर्यको विषय होइनः ह्वाइट हाउस


चैत २४ – अमेरिकाले आणविक आक्रमण गर्ने उत्तर कोरियाको धम्की आश्चर्यको विषय नभएको प्रतिक्रिया दिएको छ । उत्तर कोरियाको सेनाले अमेरिका र दक्षिण कोरियालाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको एक हप्तापछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।ह्वाइटहाउसका प्रवक्ताले उत्तरको धम्कीलाई अमेरिकाले महत्वका साथ नहेरेको भन्दै उसको धम्की नयाँ नभएको बताएको बीबीसीले जनाएको छ ।
प्योङयाङले एक हप्ताअघि नै अमेरिका र दक्षिण कोरियालाई लक्षित गर आक्रमण गर्ने घोषणा गरिसकेको छ । उसले विदेशी दुतावास, कुटनीतिक नियोग र अन्तराष्ट्रिय संस्थाहरुलाई युद्धका बेला सुरक्षाको ग्यारेन्टी दिन नसक्ने चेतावनी दिएको छ ।
राजधानी प्योङयोङमा रहेका कुटनीतिक नियोगहरुलाई अप्रिल १० सम्ममा सुरक्षाका उपाय अपनाउन वा फिर्ता जान उसले औपचारिक आग्रह गरिसकेको छ । यसका लागि सरकारले समेत सहयोग गर्ने जनाइएको छ ।
दुई दिनअघि उत्तर कोरियाले मिसाइल आक्रमणका लागि सेनालाई स्वीकृति दिएको थियो । उत्तर कोरियाको मिसाइलले अमेरिकाको सैनिक अखडा रहेका गाउम लगायत प्यासिफिक टापुसम्म प्रहार गर्ने क्षमता राख्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु -ले जनाएका छन् ।
अमेरिकाले आफ्नो सैनिक अखडामा मिसाइल प्रतिरोध प्रणाली स्थापना गरेको समाचारमा उल्लेख छ ।

No comments: