क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष नरेन्द्र केसी र देउखुरी क्षेत्रका संयोजक दिवाकर पोख्रेलले विज्ञप्ति जारी गरी सहयोगका लागि सञ्चारकर्मी, सञ्चारमाध्यमलगायत सबैमा आग्रह गर्नुभएको छ । हाल लखनउमा आइसीयूमा राखेर उपचार गराइरहेकी डाँगीको अवस्थामा केही सुधार आएको जनाउँदै विज्ञप्तिमा उपचार खर्च धेरै लाग्ने भन्दै सहयोग गर्न आग्रह गरिएको छ । संघकी जिल्ला सदस्यसमेत रहेकी डाँगीको उपचार सहयोगका संगठनकातर्फबाट पनि सक्दो सहयोग गरिने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्रेस चौतारी नेपाल देउखुरी समन्वय समितिले पनि सहयोगका लागि आह्वान गरेको छ । लखनउको समितेभेज अस्पतालमा आइसियूमा राखी उपचार भइरहेको र उपचार खर्च धेरै लाग्ने देखिएको जनाउँदै विज्ञप्तिमा सहयोगका लागि आग्रह गरिएको छ । देउखुरी अध्यक्ष दशरथ घिमिरेद्वारा जारी विज्ञप्तिमा डाँगीको शिघ्रस्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
त्यस्तै प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालले पनि एक विज्ञप्तिमार्फत घाइते डाँगीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगका लागि सबैमा आग्रंह गर्नुभएको छ । रेडियोकर्मी डाँगी एफएमको छतवाट खसी गम्भिर घाइते हुनु भएको थियो ।
No comments:
Post a Comment