Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 1, 2013

कास्कीका ब्याडमिन्टन खेलाडी काठमाडौं प्रस्थान



पोखरा, १९ चैत।काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा यही चैत २० देखि २५ गतेसम्म सञ्चालन हुन गइरहेको ३६ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन कास्कीका खेलाडी सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
काठमाडौं प्रथान गर्ने १६ सदस्यीय टोलीको खेलाडीमा मेन्स सि·ल्सतर्फ शम्भु श्रेष्ठ र भूगोल गुरुङ, मेन्स डबल्सतर्फ शम्भु श्रेष्ठ र लक्ष्मण श्रेष्ठ, भूगोल गुरुङ र राजेन्द्र तामाङ, मिक्स डबल्सतर्फ शम्भु श्रेष्ठ र प्रतिभा गुरुङ, लक्ष्मण श्रेष्ठ र पुनम गुरुङ, महिला सि·ल्सतर्फ पुनम गुरुङ र प्रतिभा गुरुङ, डबल्सतर्फ पुनम गुरुङ र प्रतिभा गुरुङ, माया पुन र माया गुरुङ रहेका छन्।
यस्तै ब्वाइज सि·ल्स यु–१७ मा प्रदीप अधिकारी, ब्वाइज सि·ल्स यु–१५ मा विधान अधिकारी, गल्र्स सि·ल्स यु–१७ मा सविना परिया र स्वेच्छा श्रेष्ठ, गल्र्स सि·ल्स यु–१५ मा असुमा राणा र जेरुसा राणा, टीम इभेन्टस्का लागि विशाल बस्नेत र पुरूषोत्तम श्रेष्ठ रहेका छन् भने टीम मेनेजरमा नीरबहादुर थापा रहेका छन्।
उनीहरूलाई कास्की जिल्ला ब्याडमिन्टनसङ्घका अध्यक्ष खेम गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, सङ्घका प्रथम उपाध्यक्ष डम्मरसिंह गुरुङ, कोषाध्यक्ष इन्द्र गुरुङलगायतले सङ्घका पदाधिकारीले खादा लगाएर बिदाइ गरेका थिए।


No comments: