Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, April 3, 2013

बेगनास तालमा डुंगा डुब्दा तीनजना बेपत्ता

२१ चैत, काठमाडौं । पोखराको बेगनास तालमा बुधबार दिउँसो डुंगा दुर्घटना हुँदा तीनजना बेपत्ता भएका छन् । डुंगामा रहेका दुईजनालाई सकुशल उद्दार गरिएको छ भने तीनजना पौडिएर निस्केका छन् । बेपत्ता हुनेमा पोखरा रामबजारका प्रकाश गुरुङ, सुस्मा गुरुङ र पुष्पा गुरुङ रहेका घटनास्थलमा रहेका प्रहरी निरीक्षक बिमल कुमार उपाध्यायले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पिकनिक गएका १२ जनामध्ये ८ जना डुंगामा चढेर रमाइरहेको बेला एक्कासी चलेको हावाहुरीले डुंगा पल्टिएको हो । डुंगा डुबे लगत्तै तीनजना आफैं पौडिएर किनारमा आएका थिए भने दुईजनालाई अरुले उद्दार गरेका थिए । उद्दार गरेकाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बेपत्ताहरुको खोजी भैरहेको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनुभयो ।

No comments: