Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, April 3, 2013

नेपाल एसीसी ट्वान्टी-२० कपको उपविजेतामा सिमित

अफगानले लगातार ४ पटक उपाधी जित्यो 

२१ चैत, काठमाडौं । नेपालले एसीसी ट्वान्टी-२० कप क्रिकेटको उपविजेतामा सिमित भएको छ ।
बुधबार भएको फाइनल भिडन्तमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । अघिल्ला खेलहरुमा जस्तो व्याटिङ र बलिङ दुबै चल्न नसक्दा पहिलो पटक फाइनल पुगेको नेपाल उपविजेतामा सिमित भएको छ । नेपाललाई हराएको अफगानिस्तानले भने लगातार चौथो पटक एसीसी ट्वान्टी-२० को उपाधी जितेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ३६ रनको विजयी लक्ष्य अफगानिस्तानले १३ बल बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि गुल्वादिन नाभीले अविजित ४३ रन बनाए । नेपालका कप्तान पारस खड्का र शक्ति गौचनले समान १-१ विकेट लिए ।
यसअघि त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक जोडे भने विनोद भण्डारीले ३२ रन दिए । पारसले ६ छक्का र ४ चौका हानेका थिए भने विनोदले १ चौका र ३ छक्का हाने ।
सरद भेसवाकरले २०, सुवास खकुरेलले १०, पृथु बास्कोटाले २, प्रदीप ऐरीले १ रन जोड्दा बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् ।
नेपाली टोलीका कप्तान म्यान अफ दि सिरिज घोषित भए । ६ खेलमा १ सय ७ रन जोडेका पारसले ४ विकेट समेत लिएका थिए । यस्तै पारसले २ सय २० सीसीको पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । क्रिकेट एशोसिएशन अफ नेपाल क्यानले नेपाली टोलीका प्रतेक खेलाडीलाई ५० हजार दिने घोषणा गरेको छ ।गुल्वदिन नाभी फाइनल भिडन्तको म्यान अफ दि म्याच बनेका छन् । ४३ रन जोडेका उनले २ विकेट समेत लिएका थिए । ११ विकेट लिएका हङकङका तनविर बेष्ट बलर बने भने प्रतियोगिताको एक मात्र शतक प्रहार गर्ने हङकङकै बकस बेट्स ब्याट्सम्यान बने ।

No comments: