Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 15, 2013

भुवन केसी खोज्दै क्यासिनोमा प्रहरी


२ बैशाख, काठमाडौं । राजधानीको दरबारमार्गस्थित अन्ना क्यासिनोबाट ललितपुर जिल्ला प्रशासन कार्यालयका उपसचिव भवनाथ भट्टराईलाई प्रहरीले पक्राउ गरे पनि सांग्रिला क्यासिनोमा सिने नायक भुवन केसीलाई खोज्दै प्रहरीले छापा मारेको घटना भने तीन दिनसम्म गुपचुप छ ।



लाजिम्पाटको क्यासिनो सांगि्रलामा तीन दिनअघि नायक भुवन केसीले जुवा खेलिरहेको खबर आएपछि तत्कालै प्रहरीको टोली त्यहाँ छापा हान्न पुगेको थियो ।

तर, घटनास्थलमा पुग्दा केसी भेटिएनन् । ‘कसैले केसीको नाममा प्रहरीलाई फर्जी सूचना पो दिएको हो कि ?’ भन्ने
प्रश्नमा हनुमान ढोकाका एक प्रहरी अधिकृत भन्छन्-’जुवा खेल्दै छन् भन्ने खबर आएपछि हामी घटनास्थलमा पुग्नै नपाई क्यासिनो सञ्चालकहरुले नै लुकाउने गरेका
 छन् ।’                                                                                    क्यासिनोमा भूवन केसी रहेको सूचनाका आधारमा छापा मारिएको घटनाको प्रहरी स्रोतले पुष्टि गरेको छ । यसैवीच प्रहरीले विभिन्न क्यासिनोहरुमा छापा मार्ने क्रम तिब्र बनाएको छ । यही क्रममा अन्ना क्यासिनोमा सरकार अधिकारीसहित केही नेपालीहरु पक्राउ परेका हुन् । त्यस्तै हायत होटलको स्टार क्यासिनोबाट पनि केही व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

No comments: